Sat. Jul 5th, 2025

वक्तृत्वकला प्रतियोगीतामा निश्चल र विवशा प्रथम


१३ असार, धादिङ –

लागुऔषध दुरुपयोग तथा ओसारपसार विरुद्धको दिवसको अवसरमा आयोजना गरिएको माध्यमिक विद्यालयस्थरीय बक्तृत्वकला प्रतियोगीतामा निश्चल विक्रम शाह र विवशा सिलवाल प्रथम भएका छन् ।

बालश्रम, यौन शोषण र लागु औषध विरुद्ध हाम्रो अभियान विषयमा भएको प्रतियोगीतामा छात्र तर्फ सुनगाभा एकेडेमीका शाह प्रथम भएका हुन् । त्यस्तै धादिङ आवसिया माविका सक्षम तिमिल्सीमा द्धितीय र नीलकण्ठ माविका सन्दिप घिमिरे तृतीय भएका छन् ।

त्यस्तै छात्रा तर्फ चिल्डे«नपार्क आवसिय माविका सिलवाल प्रथम भएका हुन् । प्रतियोगीतामा नीलकण्ठ माविका समिक्षा रिजाल द्धितीय र धादिङ आवसिय माविका नमिता श्रेष्ठ तृतीय भएका छन् ।

शिक्षा विकास तथा समन्वय इकाई धादिङ र आवाज अभियानले प्रतियोगीताको आयोजना गरेको थियो ।  प्रतियोगीतामा प्रथम, द्धितीय र तृतीय हुनेलाई प्रमुख जिल्ला अधिकारी भागीरथ पाण्डे र जिल्ला समन्वय समितिका प्रमुख जगन्नाथ नेपालले नगद र प्रमाणपत्र वितरण गरेका थिए ।

२०७५ असार १३ गते प्रकाशित

 

 

About The Author

अन्य समाचारहरु: