
फाइल फोटो
१४ असार, धादिङ –
अविरल वर्षा पछि आएको पहिरोका कारण उत्तरी धादिङको विभिन्न स्थानमा गरी सात घर बगाएको छ भने पाँच जना बेपत्ता भएको छ ।

जिल्लाको खनियाबास गाउँपालिका ५ स्थित सत्यदेवी र नेत्रावती गाउँपालिकाको मार्पाकमा पहिरो गएको धादिङका प्रमुख जिल्ला अधिकारी भागीरथ पाण्डेले जानकारी दिए ।
गए राती खनियाबास गाँउपालिका–५ स्थित सत्यदेवीको साईश्वाँरामा गोले जेठा भनीने राजु गोलेको घर पहिरोले बगाउदा गोलेको श्रमती सहित दुइ नातीनीहरु पहिरोमा परी बेपत्ता भएकी छिन् । भने गोलेको नातीलाई भने घाईते अवस्थामा जिवितै उद्धार गरी उपचारका लागी स्थानीय अस्पतालमा लगिएको त्यहाँका स्थानीयहरुले बताएका छन् । यसै गरी खनीयावास गाउँपालिका स्थित ४ चिउरीबोटमा पनी पहीरोका कारण घर बगाएको छ ।
नेत्रावती गाउँपालीकाको मार्पाकमा पाँच घर पहिरोले बगाएको प्रहरीले जनाएको छ । सो पहिरोमा परी सम्सेर घले र कोप्चि घले बेपत्ता भएको ईलाका प्रहरी कार्यालय दार्खाका प्रहरी हवल्दार मनोज श्रेष्ठले जनाएको छ ।
घटना स्थल सदरमुकामबाट एक दिनको पैदल दुरीमा पर्दछ ।
२०७५ असार १४ गते पकाशित