Sat. Jul 5th, 2025

धादिङमा पहिरोमा पुरिएर एकै परिवारका ३ जनाको मृत्युु, अन्य दुई जना बेपत्ता

फाइल फोटो

१४ असार, धादिङ –

उत्तरी धादिङको खनियाबास गाउँपालिका वडा नं ५ साईश्वाँरामा पहिरोले पुरिएर एकै परिवारका तीन जनाको मृत्यु भएको छ ।

फाइल फोटो

अबिरल वर्षापछि गएको पहिरोमा पुरिएर खनियाबास गाउँपालिका ५ साईश्वाँरा बस्ने राजकुमार गुरुङका श्रीमती ३३ वर्षीय बसुदा गुरुङ, उनका छोरीहरु १० वर्षीय लक्ष्मी गुरुङ र ५ वर्षीय सरस्वती गुरुङको मृत्यु भएको धादिङका प्रमुख जिल्ला अधिकारी भागीरथ पाण्डेले जानकारी दिए । पहिरोमा परि राजकुमारका छोरा १२ वर्षीय विकास गुरुङ घाईते भएका छन् । उनका किन्ताङफेदीमा रहेको स्वास्थ्य केन्द्रमा उपचार भइरहेको छ ।

खनियाबास ४, चिउरीबोटमा पनि पहिरोका कारण श्रीमान, श्रीमती बेपत्ता भएका छन् । गोठमा सुतिरहेका ६५ वर्षीय शमशेर घले र उनका श्रीमती ६२ वर्षीय कोप्ची घले बेपत्ता भएको धादिङका प्रहरी उपरिक्षक डम्बर विकले जानकारी दिए ।

पहिरोमा परि ४ जना घाईते भएका छन् । घाईतेहरुको किन्ताङफेदीमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय धादिङले जानकारी दिएको छ । घटनास्थल सदरमुकामबाट एक दिनको पैदल दुरीमा पर्दछ । घटनास्थलमा प्रहरी पुगेको छ भने अहिले उद्धारकार्य जारी रहेको प्रहरीले जानकारी दिए ।

अविरल वर्षा पछि जिल्लाको नेत्रावती गाउँपालिकास्थित सत्यदेवी, मार्पाकमा पनि पहिरोले घर बगाएको प्रहरीले जानकारी दिएको छ ।

२०७५ असार १४ गते प्रकाशित

About The Author

अन्य समाचारहरु: