

१४ असार, धादिङ –
धादिङको सुनौलाबजार केन्द्रविन्दु भएर विहिबार ५ रेक्टरको भूकम्प गएको छ । बिहान ९ बजेर ५० मिनेट जाँदा भूकम्पको धक्का महसुस भएको हो ।
भूकम्प मापन केन्द्रका अनुसार धादिङको सुनौलो बजारबाट ४.५ किलोमिटर उत्तर पश्चिमलाई केन्द्रविन्दु बनाएर भूकम्प गएको हो ।
भूकम्पको तीव्रता ५ म्याग्निच्युडको रहेको थियो ।
भूकम्पको धक्का धादिङ सहित काठमाडौँ, नुुवकोट, तनहुँ लगायत आसपासका जिल्लाहरुमा महसुस गरिएको थियो ।
यो नयाँ भूकम्प नभइ २०७२ बैशाख १२ कै भूकम्पको परकम्प भएको केन्द्रले जनाएको छ। विहिबार मात्रै धादिङमा ४ पटक भूकम्पको धक्का गएको छ ।
२०७५ असार १४ गते प्रकाशित