Sat. Jul 5th, 2025

सर्वोच्चद्धारा कलंकी नागढुंगा सडकमा घर टहरा नहटाउन आदेश


१४ असार, काठमाडौँ

सर्वोच्च अदालतले कलंकी–नागढुंगा सडकखण्ड विस्तारका क्रममा घर, टहरा हटाउने सरकारको निर्णय खारेज गरी दिएको छ ।

सर्वोच्च अदालतका न्यायाधीशहरु केदारप्रसाद चालिसे, हरिकृष्ण कार्की र पुरुषोत्तम भण्डारीको बिहीबार बसेको पूर्ण इजलासले यो सडकखण्ड विस्तारका क्रममा घर टहरा हटाउने सरकारको निर्णय खारेज गर्दै उनीहरुको जग्गाको मुआब्जासहित उचित क्षतिपूर्ति दिन पनि सरकारलाई परमादेश दिएको छ ।

संविधान, कानुन र सडक विस्तारसम्बन्धी ऐन विपरीत कलंकी–नागढुंगा सडक खण्ड विस्तारको क्रममा घरटहरा हटाउने नेपाल सरकारको सचिव स्तरीय त्यो निर्णय खारेज गर्दै पीडित पक्षलाई जग्गाको मुआब्जा र उचित क्षर्तिपूर्ति दिन परमादेश दिइएको सर्वोच्च अदालतका प्रवक्ता भद्रकाली पोखरेलले जानकारी दिनु भयो ।

त्रिभुवन राजपथमा रहेको त्यो सडकखण्ड विस्तारको क्रममा सडक वरपर रहेका घरटहरा हटाउने सरकारको निर्णय कुनै पनि दृष्टिले कानुनसम्मत नभएको पूर्ण इजलासको ठहर छ ।

त्यसैगरी सर्वोच्चले कलंकी–नागढुंगा सडक खण्ड निर्माणको काम तत्काल सक्न पनि सरकारलाई निर्देशनात्मक आदेश दिएको छ । त्यसैगरी कानुन बमोजिम जग्गा प्राप्त गरेर मात्रै सडकको सीमा तोक्न पनि सरकारलाई निर्देशनात्मक आदेश दिइएको छ ।

सर्वोच्च अदालतले आवास क्षेत्रबाट सडकको सीमा निर्धारण गर्दा बालबालिकाको शिक्षाको हकलाई समेत उचित ध्यान दिन पनि सरकारलाई आदेश दिएको छ ।

 

२०७५ असार १४ गते प्रकाशित

 

About The Author

अन्य समाचारहरु: