Sat. Jul 27th, 2024

पार्टीको विधि र विधानको हिसावले चल्नुपर्छ : पाण्डे

pandey
बाँके  – नेकपा एमालेका नेता एवम् पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डेले देश निर्माण गर्नका लागि बुद्धिजीवि समूहको भूमिका महत्वपूर्ण हुने बताउनु भएको छ ।

नेपाल बुद्धिजीवि परिषद् बाँकेको शनिबार सातौँ जिल्ला अधिवेशन उद्घाटन गर्नुहुदै नेता पाण्डेले देश बनाउने जिम्मा अरु कसैमा नभई हामी आफैको काँधमा रहेको भन्दै सबैलाई एकजुट हुन आग्रह गर्नुभयो ।

संविधानका विषयमा विभिन्न टिका टिप्पणी भईरहदाँ नेकपा एमालेले त्यसलाई सकारात्मक रुपमा लिएको बताउनुभयो । उहाँले यस्ता कुराहरुलाई राजनीतिक रुपमा मात्र नभई आर्थिक रुपले पनि भूमिका खेल्न सबैमा आग्रह गर्नुभयो । एमालेको प्रयासले मात्र देश निर्माण प्रक्रिया सम्भव हुने भन्दै पार्टीको विधि र विधानको हिसावले चल्नु पर्ने समेत बताउनुभयो । यस्ता कुराहरु विगतको इतिहासले सिद्ध गरिसकेको प्रष्ट पार्नुभयो ।

About The Author

Loading...

अन्य समाचारहरु: