Sat. Jul 27th, 2024

गायीका भगवती उप्रेतीको “दुख्छ मुटु कुटुक्क” ५ मनोनयनमा

vhagwati
धादिङ – धादिङमा जन्मिएकी गायीका भगवती उप्रेतीको गीत प्रथम सुन्दरादेवी वाग्मती अञ्चल स्तरीय लोकदोहरी अवार्डको मनोनयनमा परेको छ ।

गायीका उप्रेतीको ” दुख्छ मुटु कुटुक्क ” भन्ने गीत उत्कृष्ट शब्द तर्फको ५ मनोनयनमा परेको हो । आगामी २०७२ बैशाख ११ गते नुवाकोटको विदुरमा हुने अवार्ड कार्यक्रमका लागि उहाँसँगै ४ जना प्रतिस्पर्धामा हुनुहुन्छ ।

रेशम थिङको फुलको डाली, राम थापा शिशिरको पानी कलको, कुमार भण्डारी/इन्द्र लामाको पासाङ ल्हामु रोड, राम कुमार श्रेष्ठको रुवाउदै छोड्नेलाई रहेका छन् ।

आफ्नो गीत उत्कृष्ट शब्दको मनोनयनमा परेपछि गायीका उप्रेतीले सबै धादिङबासीलाई भोट गर्नका लागि आग्रह गर्नुभएको छ । उहाँको गीतलाई भोट गर्नका मोबाइलको म्यासेज बक्समा गएर (BLA 018 send 4243) BLA स्पेशटाइप गरी एक स्पेश छोडेर BLA टाइप गरी 4243 मा पठाउनु पर्नेछ ।

सुन्दरादेवी सन्देश साप्ताहिकले पहिलो पटक बाग्मती अञ्चल भित्रका विभिन्न कलाकारहरुको हौसला बढाउने उद्देश्यले अवार्ड कार्यक्रमको आयोजना गरिएको हो । अवार्ड ९ वटा विधामा प्रदान गरिने आयोजकले जानकारी दिएको छ ।

About The Author

Loading...

अन्य समाचारहरु: