Sat. Jul 5th, 2025

नागढुंगाबाट ३ केजी अवैध सुन सहित दुईजना पक्राउ

१६ असार, काठमाडौं –

प्रहरीले नागढुंगाबाट ३ केजी ६ ग्राम अवैध सुनसहित दुई जनालाई पक्राउ गरेको छ ।

काठमाडौंबाट तराई हिँडेको भारतीय गाडीबाट प्रहरीले सुन बरामद गरेको हो । युके ०२ ४६८४ नम्बरको गाडीको एयर फिल्टरमा राखेर लैजाँदै गरेको सुन बरामद भएको नागढुंगा प्रहरीले जनाएको छ ।

सुनसँगै गाडीका चालक र अर्का एक भारतीय नागरिक फत्राउ परेका छन् । प्रहरीले उनीहरूको परिचय खुलाएको छैन । सुन र पक्राउ परेका व्यक्तिमाथि अनुसन्धामन सुरु भएको प्रहरीले जनाएको छ ।

२०७५ असार १६ गते प्रकाशित

About The Author

अन्य समाचारहरु: