Sat. Jul 5th, 2025

ग्राण्डी अस्पतालमा हेलिकोप्टर दुर्घटना


१६ असार, काठमाडौँ –

 

धापासीमा रहेको ग्राण्डी अस्पतालमा अवतरणका क्रममा रहेको हेलिकप्टर दुर्घटनामा परेको छ । अस्पतालको छतमा रहेको हेलिप्याडमा अवतरण गर्ने क्रममा दिउँसो दुर्घटनामा परेको हो ।

त्रिभुवन अन्तर्राष्ट्रि विमानस्थलबाट आएको सिम्रिक एयरको नाइन एन एएलएमआर कलसाइन भएको हेलिकोप्टर ल्याण्ड गर्ने स्थानभन्दा अन्यत्र खसेको काठमाडौं प्रहरी परिसरका प्रमुख प्रहरी बरिष्ठ उपरीक्षक विश्वराज पोखरेलले बताए।

डाक्टरलाई रिसिभ गर्न ग्रान्डीको छतमा ल्यान्ड गर्ने क्रममा उक्त विमान दुर्घटना भएको पोखरेलले बताए। हेलिकोप्टर माथिल्लो तलाबाट एक तला मुनी खसेको थियो । दुर्घटनाबाट हेलिकोप्टरमा क्षति पुगेको भए पनि मानवीय क्षति नभएको प्रहरीले जनाएको छ । दुर्घटनास्थलबाट हेलिकप्टर निकाल्ने प्रयास भइरहेको छ ।

हेलिकप्टरमा पाइलट हरेराम थापा मात्रै रहेको र उनी पनि सामान्य घाइते भएको प्रहरीले जनाएको छ ।

२०७५ असार १६ गते प्रकाशित

About The Author

अन्य समाचारहरु: