
१७ असार, धादिङ –
जिल्लाको बेनिघाट रोराङ गाउँपालिका वडा नं ३ रिचोकटाराम बालकको हत्या भएको छ ।
घरमा खेलिरहेको बेला अन्दाजी पाँच वर्षको आयुस सार्कीलाई निजकै काका सिताराम सार्कीले धारिलो हतियार प्रयोग गरेर हत्या गरेको प्रहरीले जानकारी दिएको छ । हत्याको कारण भने अहिलेसमम खुलेको छैन ।
हत्याको आरोप लागेका सिताराम सार्की फरार रहेको प्रहरीले जनाएको छ । निजको खोजी कार्य भई रहेको छ भने घटना स्थलमा प्रहरी पुगिसकेको छ ।
२०७५ असार १७ गते प्रकाशित