Sat. Jul 5th, 2025

पहिरोले नारायणगढ मुग्लिन सडक अवरुद्ध

१८ असार, धादिङ –

अविरल वर्षापछिकाे पहिराेले देशका विभिन्न स्थानका सडकहरू अवरुद्ध हुन पुगेका छन् । पहिरोले नारायणगढ–मुग्लिन सडक अवरुद्ध भएको छ ।

नारायणगढ मुग्लिन सडकखण्डको चारकिलो, जलविरे र टोपेखोलामा पहिरो खसेपछि बिहान ५ः१० बजेदेखि एकतर्फी सञ्चालनमा रहेको सडक बिहान ८ बजे ठूलो चट्टान खसेपछि पूर्ण रुपमा अवरुद्ध छ ।

जिल्ला प्रहरी कार्यालय चितवनले ठूलो पहिरो गएकाले बाटो अवरुद्ध भएको जनाएको छ । पहिरो पन्छाउन थालिएको भए पनि पानी परिरहेकाले पन्छाउन कठिन भएको नारायणगढ मुग्लिन सडक आयोजनाले जनाएको छ ।

२०७५ असार १८ गते प्रकाशित

About The Author

अन्य समाचारहरु: