
१८ असार, धादिङ –
धादिङ पृथ्वी राजमार्ग अन्र्तगत धादिङको बेनिघाट रोराङ गाउँपलिकाको दुई ठाउँमा पहिरो गएको छ ।बेनिघाट रोराङ गाउँपालिका वडा नं १० को मझिमटार र वडा नं ७ कृष्णभीरमा पहिरो खसेको छ ।
पहिरोले सोमबार जीप पुरिएको छ । काठमाडौँ जाँदै गरेको लु १ च २३४३ नम्बरको जीप पुरिएको हो ।
पहिरो झर्न थालेपछि जीप भित्र रहेका यात्रुहरु भने भाग्न भ्याएको प्रहरीले जानकारी दिए ।
लगातार परेको वर्षाले पहिरो गई राजमार्ग अवरुद्ध भएको हो । राजमार्ग अवरुद्ध हुदाँ पूर्वपश्चिम जाने सवारीसाधन बाटोमा नै रोकिएका छन् । पहिरो पन्छाई राजमार्ग खुलाउने प्रयास भइरहेकोे ट्राफिक प्रहरी कार्यालय गजुरीले जानकारी दिएको छ ।
२०७५ असार १८ गते प्रकाशित