
१९ असार, काठमाडौं –
विश्वकप फुटबलका विभिन्न खेलमा सट्टेबाजी खेल खेलाउने ३ जनालाई प्रहरीले काठमाडौंबाट पक्राउ गरेको छ ।
काठमाडौं महानगरपालिका वडा नम्बर-१५ को बज्र होटल नजिकै विश्वकप फुटबलको हारजितमा बाजी लगाउने काठमाडौंका प्रकट महर्जन, रेजिन महर्जन र सुजेन महर्जनलाई प्रहरीले पक्राउ गरेको छ ।
उनीहरुको साथबाट ६ लाख ९९ हजार रुपैँया नगद र ४ थान मोबाइल पनि बरामद गरिएको महानगरीय प्रहरी परिसर टेकुले जनाएको छ ।
२०७५ असार १९ गते प्रकाशित