Sat. Jul 5th, 2025

नारायणगढ–मुग्लिन सडक खण्डमा ५० मिटर लामो पहिरो

२० असार, चितवन

पहिरो खसेपछि नारायणगढ–मुग्लिन सडक बिहानैदेखि अवरुद्ध बनेको छ । चितवनको इच्छाकामना गाउँपालिका–६ स्थित चार किलो र पाँच किलोको बीच टोपेखोलामा पहिरो खस्दा सडक अवरुद्ध भएको हो ।

प्रहरीले बिहान ५ः३० बजेतिर पहिरो खसेको अनुमान गरेको छ । पहिरो अन्दाजी ५० मिटरभन्दा लामो छ । अहिले पनि सिमसिम पानी परिरहेको र पहिरो खस्ने क्रम जारी रहेको छ ।

प्रहरीका अनुसार, पहिरो पन्छाएर सडक खुलाउन समय लाग्ने छ । सडक अवरुद्ध भएपछि दुवैतर्फ सवारी रोकिएका छन् ।

वर्षा शुरु भएसँगै यो सडकखण्ड हरेक दिनजसो पहिरोले अवरुद्ध हुँदै आएको छ ।

२०७५ असार २० गते प्रकाशित

About The Author

अन्य समाचारहरु: