Sat. Jul 27th, 2024

धादिङमा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीताको तयारी तीब्र

rastapati
२३ चैत धादिङ – आगामी चैत २७ गतेदेखि २९ गतेसम्म धादिङबेसीमा हुन लागेको चौथो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीताको तयारी तीब्र पारिएको छ ।

‘स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद’ भन्ने नाराका साथ जिल्ला खेलकुद विकास समिति धादिङले प्रतियोगीताको आयोजना गर्न लागेको हो ।

प्रतियोगीताको राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव युवराज लामाले उद्घाटन गर्नुहुने कार्यक्रम रहेको जिल्ला खेलकुद विकास समिति धादिङका अध्यक्ष मनराज भण्डारीले जानकारी दिनुभयो ।
प्रतियोगीतामा छात्र, छात्रा एथ्लेटिक्स, भलिबल, मार्सलआर्ट तर्फ उसु, कराँते, तेकान्दो लगायतका खेलहरु खेलाइने छ ।

जिल्ला स्तरीय प्रतियोगीताका लागि करीब दुई महिना अघिदेखि निर्वाचन क्षेत्र स्थरीय प्रतियोगीता भएको थियो । त्यस प्रतियोगीतामा छनोट भएका विद्यालय तथा खेलाडीहरु मात्र जिल्ला स्तरीय प्रतियोगीतामा सामेल हुन पाउनेछन् । क्षेत्र नं १ बाट १२ वटा विद्यालय, क्षेत्र नं २ बाट १४ वटा विद्यालय र क्षेत्र नं ३ बाट १२ वटा विद्यालय गरी जिल्लाभरका ३८ वटा विद्यालयका विद्यार्थीहरुको सहभागीता रहनेछ ।

प्रतियोगीतामा प्रथम, द्धितिय र तृतीय हुने विद्यालयले क्रमश १५ हजार, १२ हजार र ९ हजार सहित शिल्ड मेडल र प्रमाणपत्र पाउनेछन् । साथै जिल्लामा प्रथम हुने खेलाडीलाई विकास क्षेत्र अन्र्तगतको प्रतियोगीतामा सहभागी गराइने जिल्ला खेलकुद विकास समिति धादिङले जानकारी दिएको छ ।

About The Author

Loading...

अन्य समाचारहरु: