

२४ असार, धादिङ –
मुलुकभर आज देखि तीन दिन लगातार वर्षा हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
मुलुकभर तीन दिन लगातार हल्कादेखि मध्यम खालको बर्षा हुने विभागले जनाएको हो । विभागका अनुसार केही स्थानमा भने भारी बर्षा हुने सम्भावना छ । बर्षाका कारण जलसतह बढ्दा बाढीको समेत जोखिम रहनसक्ने भएकाले सर्तक रहन समेत आग्ह गरेको छ ।
विभागले बुलेटिन जारी गरी पहाडी क्षेत्रमा प्रबाह हुने स–साना नदीमा पानीको वहाव बढी बाढीको सम्भावना रहेपनि कोशी, गण्डकी, कर्णाली, महाकाली लगायतका ठुला नदिमा भने सतह बढेपनि खतराको संकेत पार नगर्ने उल्लेख गरेको छ । पहिरोग्रस्त क्षेत्रमा समेत उच्च सर्तकता अपनाउन आग्रह गरिएको छ ।
२०७५ असार २४ गते प्रकाशित