
२४ असार, धादिङ –
नीलकण्ठ नगरपालिका भित्रको सवै वडा समेटेर चक्रपथ बन्ने भएको छ । आइतबार नीलकण्ठ नगरपालिकाका प्रमुख भीम प्रसाद ढुङगानाले चक्रपथको सुरुवाती विन्दू नीलकण्ठ नगरपालिकाको वडा न ८ ससाहमा शिलान्यास गरेका छन ।
बहुबर्षिय आयोजना अन्तरगत बन्ने उक्त चक्रपथको निर्माणको लागि सिंह एण्ड व्रदर्श÷ड्रागन÷बटु सफल जेभी जिम्मा पाएको छ । सुरुवाती विन्दुबाट पहिलो चरणमा ३ किलोमिटर नाला सहितको पीच गरिने ठेकेदार कम्पनीले जनाएको छ ।
चक्रपथ ८ नम्वरको ससाहबाट रामकोट मुरलिभन्ज्याङ हुदै ९ नम्वरको गोलाभन्ज्याङ, ११ नम्वर वडाको चाम भन्ज्याङ, त्यसपछि वडा नं १३ को आहुती खोला हुदै १४ नम्वर वडा, २ नम्वर वडा १ नम्वर वडाको गैरी बहास हुदै ५ नम्वर वडा खाल्टे निकालिने र फ्याक्से हुदै सुनौलाबजार जोडेर तारुखर्क तल्लोवेशी हुदै पुनः ससाहमा लगेर जोडिने नीलकण्ठ नगरपालिकाका प्रमुख ढुङगानाले बताए ।
चक्रपथको लम्वाइ कति किलोमिटर हुन्छ भन्ने यकिन भइसकेको छैन ।
सर्वे सकिएका ठाउँहरुबाट काम सुरु गरिएको र विस्तारै अघि बढाइने पनि ढुङगानाले बताए । चालु आर्थिक वर्षको असार मसान्तसम्ममा ९ किलोमिटर सकिसक्नुपर्नेमा प्राविधिक कारण र प्रक्रियाका कारणा काममा ढिलाइ भएको नगरपालिकाले जनाएको छ ।
ठुलो आयोजना भएकाले काममा ढिलासुस्ती नगरीकन क्रमिक रुपमा गुणस्तरीय काम गराउनको लागि निर्वाचित जनप्रतिनिधिहरुले पनि नियमित अनुगनम गर्ने नगरपालिकाले जनाएको छ ।
२०७५ असार २४ गते प्रकाशित