Sat. Jul 5th, 2025

ट्रेलरमा स्कुटर ठोक्किदाँ गजुरीमा दुई जना घाईते


२४ असार, धादिङ –

पृथ्वी राजमार्ग अन्र्तगत धादिङको गजुरी गाउँपालिका वडा नं ५ जरेमा ट्रेलरमा स्कुटर ठोक्किदाँ दुई जना घाईते भएका छन् ।

काठमाडौँबाट मुग्लिनतर्फ जाँदै गरेको ना ६ ख ५५०७ नम्बरको ट्रेलरले ब्रेक लिदाँ सोही दिशाबाट आउँदै गरेको बा ४५ प ३५४६ नम्बरको स्कुटर ठोक्किएको प्रहरीले जानकारी दिएको छ ।

दुर्घटनामा स्कुटरमा सवार गजुरी ८ का २२ वर्षीय चित्रराज ढुङगाना र २१ वर्षीय सन्दिप बस्नेत घाईते भएका छन् । घाईतेहरुको गजुरी अस्पतालमा सामान्य उपचारपछि काठमाडौँस्थित ट्रमा सेन्टरमा पठाइएको ट्राफिक प्रहरी कार्यालय गजुरीले जानकारी दिएको छ ।

२०७५ असार २४ गते प्रकाशित

About The Author

अन्य समाचारहरु: