Sat. Jul 5th, 2025

यस कारण सरकारले बन्द गर्दैछ काठमाडौंको कालिमाटी तरकारी बजार

२५ असार, काठमाडौं –

तरकारी बजार भन्नसाथ कालिमाटीको नाम आउछ, तर अब कालिमाटीमा तरकारी नपाइने भएको छ । देशकै सबैभन्दा ठूलो कालीमाटीस्थित तरकारी बजारलाई सरकारले बन्द गर्ने भएको हो । कालीमाटीस्थित तरकारी बजार सरकारले अन्यत्रै सार्ने भएको छ । कालीमाटीको तरकारी बजारलाई बन्द गरेर काठमाडौँ र भक्तपुरको सीमास्थित मनोहराको किनारमा नयाँ तरकारी बजार खोल्नका लागि सरकारले अध्ययन थालेको छ ।

कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री चक्रपाणी खनालले आइतबार राष्ट्रिय सभाको बैठकमा बोल्दै कालिमाटी तरकारी बजार दलालहरुको हातमा रहेकाले मनोहरा खोलास्थित सुकुम्बासी बस्ती रहेको स्थानमा तरकारी बजार खोल्न अध्ययन थालिएको जानकारी दिएका हुन् ।

कालीमाटीस्थित तरकारी बजारमा दलालहरुले उपभोक्ताको ढाड सेक्ने काम गरेको भन्दैँ कालीमाटी तरकारी बजारलाई विस्तापित गरि नयाँ खोल्न लागेको हो । ‘साउन मसान्तसम्म कालिमाटी तरकारी बजारको अवस्था नसुध्रिएमा त्यसलाई सरकारले बन्द गरिदिने चेतवानी दिईसकेको मन्त्री खनालले बताए । ‘तीन पुस्तादेखि कब्जा जमाएर बसेका दलालका कारण कालिमाटी तरकारी बजार उपभोक्ता ठग्ने ठाउँ भएको छ ।’ उनले भने ‘कालिमाटी तरकारी बजारमा तीन पुस्तादेखि कब्जा जमाइएको छ। साउन मसान्तसम्म बजारको अवस्था नसुध्रिएमा बजार बन्द गरिन्छ ।’

कालिमाटी तरकारी बजारको विकल्प खोज्न ढिलाइ भइसकेको बताउँदै मन्त्री खनालले अब सरकारले काम थालेको बताएका छन् । ‘कालिमाटीको विकल्पमा मनोहराको सुकुम्बासी बस्तीमा तरकारी बजार खोल्न काम थालेका छौँ’, उनले भने, ‘वास्तविक सुकुम्बासीहरुलाई उचित व्यवस्थापन गर्ने योजना पनि बनाउँदैछौँ ।’

हाल कालीमाटी तरकारी बजारभित्रका स्टलहरु १५ वर्षसम्म भाडामा दिने गरिएको छ । भाडामा दिँदा ८ देखि ११ हजार स्क्वायर फिटको दरले भाडा लिइन्छ । तर, कालिमाटी तरकारी तथा फलफूल थोक बजार बिकास समितिबाट कुनै एक व्यापारीले सस्तोमा भाडामा लिएर अरु व्यापारीलाई महंगोमा बेच्ने गरेको पाइएको छ ।

कालिमाटी तरकारी बजारमा कैयन विकृति रहेको गुनासोकाबीच मन्त्री खनालले गत जेठ २१ गते अनुगमन गरेका थिए । अनुगमनका क्रममा मन्त्री खनालले स्टलको भाडा, तरकारीको भाउ समेत सोधेका थिए ।

२०७५ असार २५ गते प्रकाशित

About The Author

अन्य समाचारहरु: