
३१ असार, धादिङ –
रेडियो धादिङ १०६ मेगाहर्ज संचालन संस्था ग्रामीण संचार सहकारी संस्था लिमिटेडको एघारौँ वार्षिक साधारणसभा धादिङबेसीमा सम्पन्न भएको छ ।
२०६३ साल भदौ २३ गतेदेखि ग्रामीण क्षेत्रका जनताका लागि जनताद्धारा नै संचालन गर्नेगरि सामुदायिक रेडियोको माध्यामबाट सुचनाको हकको लागि स्थापित गर्ने उद्देश्यले स्थापना भएको ग्रामीण संचार सहकारी संस्थाको ११ औं वार्षिक साधारणसभाले आगमी दिनमा संस्थालाईृ व्यवस्थित रुपमा संचालन गर्नको लागि विभिन्न निर्णयहरु पारित गरेको छ ।
आगामी दिनमा संस्थाले सहकारीको वृद्धि र विकासको निम्ति सहकारी अध्ययन अवलोकन भ्रमणको आयोजना गर्ने र अन्तराष्टिय सहकारी मान्यताअनुसार संचालन गर्न सकृय रहेने निर्णय गरेको छ । यस्तै संस्थाले जिल्लामै पहिलो सामुदायिक रेडियोको रुपमा समुदायको लागि समुदायको आवाज भन्ने नाराका साथ रेडियो धादिङ संचालन गरिरहेको छ ।
साधारणसभाले रेडियोको नयाँ भवन निर्माणलाई पुर्णता दिन आवश्यक स्रोत साधन व्यवस्था गर्ने, रेडियोको प्राविधिक पक्षलाई स्तरउन्नती गर्ने, स्थानीय भाषाभाषीलाइृ प्राथमिकता दिइ रेडियोको प्रशारणलाई समुदायको सहज पहुँचमा पु¥याउने, रेडियोबाट प्रशासन हुने समाचार, कार्यक्रमलाई समय सापेक्ष बनाउदै लैजाने निर्णय गरेको छ ।
विशेष गरि भुकम्पपछिको पुननिर्माण, प्रभावितहरुको जिविकोपार्जन, लैगिंक समावेशीकरण, कृषि, स्वास्थ्य, शिक्षा, स्थानीय तह संचालनका सुचनामुलक सामग्री र संविधान कार्यान्वयन गरि लोकतान्त्रिक गणतन्त्रको संस्थागत विकासमा सहयोग पुग्ने खालका विषयवस्तुलाई प्राथमिकता दिने निर्णय गरेको छ । सदरमुकाम धादिङबेशीमा संस्थाका अध्यक्ष गुरुप्रसाद बुर्लाकोटीको अध्यक्षतामा भएको साधारणसभामा संस्थाको प्रगति प्रतिवेदन तथा लेखा प्रतिवेदन प्रस्तुत गरिएको थियो ।
२०७५ असार ३१ गते प्रकाशित