Sat. Jul 5th, 2025

जन्ती बोकेको बस दुर्घटना, एक जनाको मृत्यु

३२ असार, काठमाडौँ

उदयपुरको त्रियुगा नगरपालिका–६ मा गएराति भारतीय नम्बरको बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।मृत्यु हुनेमा भारतीय नागरिक ३२ वर्षिय मनोज दास छन् ।

भारतको फारबिसगन्जबाट जन्ती लिएर नेपाल आएको भारतीय नम्बरको बस गएराती पौँने १० बजे दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय, उदयपुरले जनाएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका दासको उपचारको क्रममा जिल्ला अस्पतालमा राति नै मृत्यु भएको हो ।दुर्घटना पश्चात् फरार रहेका बस चालकको खोजी भइरहेको जनाइएको छ ।

२०७५ असार ३२ गते प्रकाशित

About The Author

अन्य समाचारहरु: