Sat. Jul 5th, 2025

धादिङमा स्थायी शिक्षकको लागि २७ सयको आवेदन


३२ असार, धादिङ –

धादिङमा स्थायी शिक्षकको लागि २७ सय भन्दा बढीले आवेदन दिएका छन् । शिक्षक सेवा आयोगले एक महिनाअघि खुलाएको स्थायी शिक्षकको विज्ञापनमा आवेदन परेको शिक्षा विकास तथा समन्वय इकाइ कार्यलय धादिले जानकारी दिएको छ ।

कार्यलयका अनुसार धादिङ जिल्लामा प्राथमिक विद्यालय तहमा खुल्ला तर्फ १ सय १५ जनाको माग भएको थियो । त्यस्तै महिला तर्फ २९ जना, दलित महिलामा १ जना, आदिवासी जनजातीमा २५ जना, मुस्लीममा १ जना, मधेसीमा २१ जना, दलितमा ८ जना, अपांगतामा ५ जना र पिछडिएको क्षेत्रमा ४ जनाको माग भएको कार्यलयका सहायक अधिकृत कृष्णकुमार श्रेष्ठले जानकारी दिए ।

मावि र निमावि तहमा भने विभिन्न विषयमा गरेर मध्यमाञ्चलका सबै जिल्लाहरुमा गरी ४४५ निमाविमा र ३०८ जना मावि तहमा मागेको छ । आयोगको सबै तहको परीक्षा शिक्षक सेवा आयोगले लिने र उत्तरपुस्तिकाको परीक्षण पनि आयोगबाटै हुने श्रेष्ठले बताए ।

आवेदन दिने म्याद असार समान्तसम्म तोकिएपनि डबल दस्तुरमा एक हप्तासम्म आवेदन दिन सकिने कार्यलयले जानकारी दिएको छ । विसं २०७१ सालपछि मात्र आयोगकले स्थायी शिक्षकको लागि आवेदन खुलाएको हो ।

२०७५ असार ३२ गते प्रकाशित

About The Author

अन्य समाचारहरु: