
३२ असार, धादिङ–
धेरै नेपाली एबम हिन्दी गीत हरुको कभर गीतबाट चर्चित बनेकी गायिका निशा कंडेलको स्वरमा रहेको गीत ‘सधैँ लाइलाईको अफिसियल भिडियो सार्वजनिक गरिएको छ । लामो समय संगीत सिकेर गीत रेकर्ड गरेकी निशाको यो पहिलो अफिसियल गीत र भिडियो हो । अमन प्रधानको शब्द तथा संगीतमा बनेको भिडियो उत्कृस्ट बनेको छ । राहुल प्रधानको संगीत संयोजन रहेको गीतमा गायिका कंडेलको स्वर सुहाएको छ । गीतले मायामा परेको र आफ्नो प्रेमी प्रति संधै समर्पित भाव बोकेको छ।
चक्र महर्जनले छायांकन गरेको भिडियोलाइ बिजेश पौडेलले सम्पादन गरेका छन् । भिडियोमा गायिका स्वयम् र अमन प्रधानको अभिनय रहेको छ । राहुल प्रधानको निर्देशनमा तयार भएको भिडियोलाइ केबीए ग्लोबल एजुकेसन कन्सल्टेन्सीले सपोर्ट गरेको छ ।
केबीए ग्लोबल एजुकेसन एण्ड माईग्रेसनले युवा तथा प्रतिभा भएका कलाकारहरु लाई प्रोत्साहन गर्दै आइरहेको छ । अस्ट्रेलियाको सिड्नी,डार्विन,पेर्थ अनि फिलिपिन्स र नेपालमा काठमाडौँ,चितवन,बुटवल,नेपालगंज,पोखरा र बनेपामा कार्यालय संचालनमा छन् । छिट्टै मेलबर्नमा र ब्राजिलमा पनि कार्यालय खुल्न लागेको ग्लोबल हेड बिजनेस डिपार्टमेन्ट रोशन क्षेत्रिले जानकारी गराए ।
कला र गीत संगीत प्रेमी क्षेत्रिले निशा कंडेल जस्तै अन्य प्रतिभा भएका कलाकारहरुको प्रोमोसनको लागि निरन्तर केबीए ग्लोबलले सहयोग गर्दै जाने पनि बताए । अन्य थप गीतहरु पनि रेकर्ड भैसकेको र थप भिडियोको निर्माण काम पनि तिब्र गरिने निर्माता रोशन छेत्रीले जानकारी दिए । गैडाकोट नवलपरासीकी निशाको यस अघिका कभर गीतहरु श्रोता एबम दर्शकहरुले निकै रुचाएका छन् ।
२०७५ असार ३२ गते प्रकाशित