Sat. Jul 5th, 2025

विदेशी नम्बरबाट आएको अज्ञात फोन नउठाउन नेपाल टेलिकमको आग्रह

४ साउन, काठमाडौं

नेपाल टेलिकमले विदेशी नम्बरबाट आएको अज्ञात फोन नउठाउन आग्रह गरेको छ।

शनिबारदेखि नेपाली उपभोक्ताको मोबाइलमा अज्ञात विदेशी नम्बरबाट फोन आइरहेको छ। यसबारे सामाजिक सञ्जाल फेसबुक तथा ट्वीटरमा चासो समेत व्यक्त भइरहेका बेला टेलिकमले आइतबार उक्त कल रिसिभ नगर्न आह्वान गरेको हो।

जुन देशमा टेलिफोन शुल्क महंगो हुन्छ ति देशहरुमा पैसा कमाउनका लागि अन्धाधुन्ध नम्बर मिलाएर फोन गर्छन’, टेलिकमकी प्रवक्ता प्रतिभा वैद्यले भनिन्– ‘त्यस्तो नम्बरमा कलब्याक गर्दा कल ट्रयाक हुने र सो हुँदा पैसा उनीहरुको खातामा ट्रान्सफर हुन्छ। त्यस्तो नम्बर नउठाउन र कल ब्याक नगर्न अनुरोध गर्दछौं।’

उनका अनुसार टेलिकमले त्यस्ता आगमन कल निषेध गरिसकेको छ भने अज्ञात विदेशी नम्बरमा कलब्याक नगर्न बारम्बार सचेत गराउँदै आएको छ।

२०७५ साउन ४ गते प्रकाशित

About The Author

अन्य समाचारहरु: