
५ साउन, धादिङ –
भुकम्पले छेदविच्छेद वनाएको जमिन त्यसमाथी विकासले निम्त्याएको विनास भनेझै सडक वनाउन भन्दै जमिन खन्न थालेपछि धादिङको विभिन्न ठाउँमा जमिन चिरा चिरा पर्न थालेका छन् । जमिन थलिएपछि त्यहा वस्न नसक्ने अवस्था भएपछि स्थानियहरु वस्ती स्थानान्तरणको माग गरेका छन् ।
बस्ती भन्दा माथिको जमीन चिरा परे पछी धादिङको नीलकण्ठ नगरपालीका ११ स्थित ज्यामरुङ्गका स्थानीयहरुले आफुहरुलाई सुरक्षित स्थानमा सारिदिन सरकारसंग माग गरेका हुन् ।
पटक पटक सडक नखन्न आग्रह गर्दा समेत नगरपालीकाले अटेर गरी सडक खनेका कारण यस्तो अवस्था आएको त्यहाँका स्थानियहरुको भनाई छ ।
निरन्तरको वर्षा र पहिरोको जोखिम बढे सँगै स्थानियहरु त्रासमा रात विताई रहेका छन् । ज्यामरुङ्ग स्थित दमै चौतारा स्थानमा जुन सुकै समयमा पनी पहिरो खस्ने खतरा बढेको छ ।
जिल्ला दैविक प्रकोप उद्दार समिति धादिङको संयोजक प्रमुख जिल्ला अधिकारीको निर्देशनमा सहायक प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा गएको टोलिले पनि जुनकुनै समय पहिरोजान सक्ने हुनाले स्थानियलाई सचेत रहन आग्रह गर्दै फर्किएको थियो ।
नीलकण्ठ नगरपालिका वर्डा नं. ११ ले सुचना नै जारी गर्दै श्री मञ्जुश्री मावि प्राङ्गणबाट पश्चिम तर्फ र स्वाथ्य चौकी पाङ्ग्रेबाट पूर्व तर्फ पर्ने सबै भुभाग ( ज्यामरुङ साविकका वर्डाहरु ३ र ४ को सबै भुभाग) का स्थानियहरुलाई सुरक्षित बसोबास गर्न अनुरोध समेत गरेको छ ।
जमीन चिरा परेका ठाँउ वारीपारी स–साना पहिरो भने खस्न सुरु गरिसकेको छ ।पहिरोका कारण दमै चौताराका लम्साल गाँउ,लामिछाने गाँउ,सिम्ले ज्यामरुङ्ग र पाङ्ग्रे गाँउका करिव एक सय पचास घर धुरी पहिरोको उच्च जोखिममा रहेको छ ।
पहिरोका कारण आफुहरुलाई खतरा भएको भन्दै नगरपालीकासंग सुरक्षीत स्थानमा सार्न पहलका लागी पटक पटक आग्रह गरेको भए पनी बेवास्था गरेको स्थानियहरुले आरोप लगाएका छन् ।
नीलकण्ठ नगरपालीकाका त्यस वडाका जनप्रतिनिधीहरुले भने पानी परेको समयमा जुनसुकै बेला पनी पहिरो खस्न सक्ने भन्दै स्थानीयहरुलाई सुरक्षित स्थानमा सर्न आग्रह गरिसकेको निलकण्ठ नगरपालिकका वडा नम्वर १० का वडाध्यक्ष तिलक थापाले वताए।
यसै गरी नगरपालीकाले समेत सो वस्तिलाई सुरक्षित स्थानमा सार्न विषेस पहल गरिरहेको र भु–गर्व विध ल्याई सो स्थानको जमीनको अवस्था कस्तो छ भन्ने विषयमा जाँच बुझ गर्नका लागी पहल भई रहेको जनाएको छ ।
२०७५ साउन ५ गते प्रकाशित