Fri. Mar 29th, 2024

धादिङ स्वास्थ्य क्षेत्रमा तेस्रो स्थानमा

health office
धादिङ – जिल्ला स्वास्थ्य कार्यलय धादिङ देशको ७५ जिल्ला मध्ये स्वास्थ्य क्षेत्रको हिसावले तेस्रो स्थानमा परेको छ ।

स्वास्थ्य मन्त्रालयले आर्थिक बर्ष २०७०/०७१ मा कार्यसम्पादनका आधारमा गरेको स्वास्थ्य मुल्यांकनमा धादिङ जिल्ला तेस्रो बन्न सफल भएको हो । कार्य सम्पादनमा जिल्ला स्वास्थ्य कार्यलय धादिङले ८८ दशमलव ७२ अंक प्राप्त गरी तेस्रो बनेको हो ।

स्वास्थ्य क्षेत्रमा जिल्ला स्वास्थ्य कार्यलय पाल्पा पहिलो स्थानमा रहेको छ । पाल्पाले ९० दशमलव ४७ अकं ल्याउन सफल भएको छ । त्यस्तै ९० दशमलव २० अंक ल्याएर कास्की जिल्ला दोस्रो स्थानमा रहेको छ ।

कार्यक्रम कार्यान्वयनको अवस्था, बजेट खर्च, कार्यलयमा उपस्थिती, रिपोर्टिङ, सुचकको उपलब्धि लगायका आधारमा जिल्लाहरुलाई मुल्यांकन गरिएको जिल्ला स्वास्थ्य कार्यलय धादिङले जनाएको छ । त्यस्तै कार्यसम्पादनका आधारमा जुम्ला जिल्लाको अवस्था एकदमै नाजुक रहेको छ ।

जिल्लाहरुको बर्गीकरण अनुसार ९० प्रतिशत भन्दा माथिलाइृ अति उत्तम, ८० देखी ८९ प्रतिशतसम्मलाई उत्तम र ७० देखी ७९ प्रतिशतसम्म अंक पाउनेलाई मध्यम सुधार गर्नुपर्ने र ५० देखी ६९ प्रतिशत अंक पाउनेलाई न्युन धेरै सुधार गर्नुपर्ने जिल्लामा राखिएको छ ।

About The Author

Loading...

अन्य समाचारहरु: