Sat. Jul 27th, 2024

नेपालीलाई मलेसियाको जेलमा नांगै यातना

jell

काठमाडौं – मलेसियामा पक्राउ परेका नेपालीलाई त्यहाँका जेल तथा घरफिर्ती केन्द्रमा नांगै बनाई बेइज्जतीपूर्ण यातना दिने गरिएको खुलेको छ।

अवैध तरिकाले मलेसिया बस्दै आएका नेपालीलाई पक्राउ गरी त्यहाँका प्रहरी र जेल अधिकारीले अन्तर्राष्ट्रिय कानुन तथा मानवअधिकारविपरीत यस्तो यातना दिने गरेका हुन्। मलेसियाका विभिन्न जेल तथा घरफिर्ती केन्द्र हुँदै स्वदेश फर्केका नेपालीका अनुसार उनीहरूलाई नांगै पारेर नृत्य, कसरत, पिचमा लडिबुडी, घुँडा र कुहिनाले टेकी हिँड्न र उठबस गराई बेइज्जतीपूर्ण यातना दिने गरिन्छ। प्रहरी तथा जेल अधिकारीले यसबाट मनोरञ्जन लिने गर्छन्। पक्राउ गरी अदालतले सजाय तोकेपछि यातनाको क्रम सुरु हुने त्यहाँबाट फर्केका नेपाली बताउँछन्।

‘पूरै नांगै बनाएर यातना दिए। जेल र क्याम्प दुवै ठाउँमा यस्तो यातना पाइयो,’ एक महिनाअघि नेपाल आएका स्याङ्जा निबुवाखर्क–६ का कृष्ण न्यौपानेले भने, ‘मलाई जेलमा चारपटक र क्याम्पमा दुईपटक नांगै बनाई यातना दिए। नांगै बनाएपछि कान समातेर हिँड्न लगाउँथे। कसरत गर्न भन्थे, नसके कुटपिट गर्थे। नांगो हुन नमाने हातखुट्टा भाँचिने गरी कुट्थे।’मलेसियाका विभिन्न जेल तथा घरफिर्ती केन्द्रमा बसी तीन महिनायता नेपाल फर्केका स्याङ्जा ठूलाडिही–२ का रमेश पोखरेल, खोटाङ बड्कादियाले–२ का नारायण गेलाल, रामेछाप गुन्सी–७ का उद्धव चौलागार्इं लगायतको कथा उस्तै छ। नागरिकबाट

About The Author

Loading...

अन्य समाचारहरु: