Sat. Jul 27th, 2024

कोरियामा फूल उत्पादन व्यवसायमा पहिलो नेपाली

imager

काठमाडौँ –  एक नेपाली फूलको व्यवसायले नाम र दाम दुवै कमाउन सफल भएका छन् ।

सो नेपाली नेपालमा नभएर कोरियामा नाम दाम कमाउन सफल भएका हुन् । उन मोरङ् ईटहराका जीवन थापा हुन् । व्यवसाय भिसामा सन् २००७ मा कोरिया छिरेका थापालाई सुरुमा कुन व्यवसाय गर्ने भन्ने कुराले समस्या परेको थियो । धरै नेपालीहरूले गर्ने गरेको व्यवसाय गर्न उनले चाहेनन् ।

थापा भिन्न किसिमको व्यवसाय गर्न चाहन्थे । विकल्पमा फूलको उत्पादन र ब्यपार रोजेको उनको भनाई छ । कोरियाको राजधानी सउल भन्दा करिव सय किलोमिटरको दूरीमा रहेको ईल्सान सहरमा दुई हेक्टर जमिन भाडामा लिएर थापाले फूलको उत्पादन सुरु गरेको बताएका छन् ।

फुलको खेति गरेपछि उनलाई कहिल्यै पैसाको समस्याले नसताएको बताउछन् । कोरियामा कृषि समन्धि सहयोगी नीति भएका कारण ती सबै सहयोग सरकारबाट पाउँदै गएको थापाको भनाई छ । कोरियामा फूल उत्पादन व्यवसायमा पहिलो नेपालीका रूपमा चिनिएका थापा अन्य बिदेशीहरुमा दोस्रो स्थानमा रहेका छन् । हलो खबरबाट

About The Author

Loading...

अन्य समाचारहरु: