Sat. Jul 27th, 2024

जनक शिक्षाको पुस्तक धादिङका व्यवसायीले नबेच्ने

book

धादिङ – धादिङ जिल्लाका कुनै पनि पुस्तक व्यवसायीहरुले यस बर्ष जनक शिक्षा सामग्री केन्द्रका पाठ्य पुस्तकहरु नबेच्ने भएका छन् ।

गतवर्ष जनकशिक्षा सामाग्री केन्द्रको पाठ्यपुस्तक विक्री गर्दा तिर्नुपर्ने ढुवानी भाडा केन्द्रले व्यवसायीहरुलाइ नदिएपछि त्यसको विरोध गर्दे व्यवसायीहरुले पाठ्यपुस्तक नवेच्ने निर्णय गरेका हुन ।
विगतका वर्षहरुमा जिल्लाको २ ठाँउमा विक्रि केन्द्र राखेर जिल्लाभरका पुस्तक व्यवसायीहरुले एकमुष्ट रुपमा कितावको विक्री गर्दे आइरहेका थिए । यसपटक व्यवसायीले पुस्तक नवेच्ने भएपछि ग्रामिण भेगका स्कुलहरुमा समयमा नै पाठ्युपुस्तक नपुग्ने देखिएको छ ।

गत शैक्षिक सत्रको पाठ्य पुस्तक ढुवानी बापतको भुक्तानी गर्नु पर्ने दुई लाख ५४ हजार रकम
जनक शिक्षाले भुक्तानी नदिएसम्म जनक शिक्षाको किताव नबेच्ने पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघका केन्द्रिय कोषाध्यक्ष नारायण कुमार श्रेष्ठले बताउनुभयो ।

जनक शिक्षाले छाप्ने कक्षा ६ देखि १० सम्मका कितावहरु नवेचे पनि निजि क्षेत्रले छापेको कक्षा १ देखि ५ सम्मका कितावहरु विक्री गर्ने व्यवसायीहरुले बताएका छन । कक्षा ६ देखि १० सम्मका पाठ्य पुस्तकहरु व्यबसायीहरुले नबेच्ने भए पछि यस वर्ष धादिङ जिल्लाका समुदायिक विद्यालयका विद्यार्थीहरुले समयमा नै नयाँ पुस्तक पाउने सम्भावना न्युन बनेको पुस्तक व्यवसायी पञ्चकुमार श्रेष्ठले बताउनुभयो ।

नयाँ शैक्षिक सत्र सुरु हुन केही दिन मात्र बाँकी हुँदा जिल्लाका साँढे ५ सय सरकारी तथा सामुदायिक विद्यालयहरुलाई उपलव्ध गराईने माध्यमिक तह सम्मका पाठ्यपुस्तक यो बर्ष हाल सम्म पनि ढुवानी नहुँदा शिक्षक तथा विद्यार्थीहरु अन्योलमा परेका छन् ।

गतवर्ष हामीले चैत दोस्रो सातातिर स्कुलमा पाठ्यपुस्तक पु¥याइसकेका हुन्थ्यौ । यसपटक त व्यवसायीहरुले किताव नल्याउने भएपछि ढिलो हुने देखिएको सरस्वती उच्च मावि धुवाकोटका एक शिक्षकको भनाई छ ।

व्यवसायीहरुले पाठ्यपुस्तक नवेचेपछि जनक शिक्षाले नै विक्री डिपो राखेका पुस्तकहरु वेच्ने तयारी गरेको छ । तयारी अनुरुप कक्षा आठको करिव ३५ सय पुस्तक धादिङ ल्याइसकिएको बताइएको छ ।

व्यवसायीहरु मिलेर एकमुष्ट रुपमा सवै सेट मिलाएर किताव वेच्दा त सवै सामुदायिक विद्यालयहरुमा समयमा पु¥याउन कठिन भएको थियो । जनक शिक्षाले २ जना कर्मचारी राखेको भरमा किताव पु¥याउछु भन्नु हास्यास्पद रहेको पुस्तक तथा स्टेशनरी व्यवसायी संघ धादिङका अध्यक्ष तुलसी प्रसाद अधिकारीले बताउनुभयो । जनक शिक्षाको किताव नवेचेपनि निजि क्षेत्रले छापेको १–५ को किताव ल्याएर वेच्ने उहाँले बताउनुभयो । गतवर्ष निजीक्षेत्रको किताव वेचेको भन्ने झुटा आरोप लगाएर ढुवानी भाडा नदिएको अधिकारीले बताउनुभयो । केन्द्रको किताव वेच्ने सम्झौता अनुसार जम्मा विक्री भएको कितावको २ प्रतिशत रकम ढुवानी भाडाका लागि केन्द्रले व्यवसायीहरुलाइ उपलव्ध गराउने सहमती भएको थियो ।

About The Author

Loading...

अन्य समाचारहरु: