Thu. Mar 28th, 2024

फिफा वरियता क्रममा नेपाल एक स्थान तल झ¥यो

food ball

विश्व फुटबल महासंघ (फिफा)को नयाँ वरियता क्रम (र्‍याङ्किङ) मा नेपाल एक स्थान तल झरेको छ ।

फिफाले बिहीबार सार्वजनिक गरेको वरियता क्रममा नेपाल १८१ औं स्थानमा छ र पहिलो पटक भुटानले नेपाललाई जितेको छ ।

नेपाल दक्षिण एसियाली देशमा नेपाल पुछारबाट दोस्रो स्थानमा छ ।

नेपालले पछिलो पटक भारतसँग विश्वकपको प्रारम्भीक छनोट खेल खेलेको थियो । भारतका २-० ले पराजित भएको नेपालले होम गेममा गोलसहित बराबरी खेलेको थियो ।

भुटानले कीर्तिमानी फड्को मार्‍यो

फिफाको नयाँ बरियता क्रममा दक्षिण एसियाली मुलुक भुटानले ठूलो फड्को मारेको छ । भुटानले ४६ स्थानमाथि उक्लिएको छ र श्रीलंका, पाकिस्तान र नेपाललाई जितेको छ ।

यो पछिल्लो वरियता क्रममा कुनै पनि देशमा मारेको सबैभन्दा ठूलो फड्को समेत हो । लामो समयसम्म पुछारमा रहँदै आएको भुटान यो पटक १६३ औं स्थानमा आइपुगेको छ ।

भुटान हालै मात्र विश्वकप छनोटको दोस्रो चरणमा पुगेको छ । उसले विश्वकप छनोटमा श्रीलंकालाई २-१ र १-० को जित निकालेको थियो ।

दक्षिण एसियालीमा  अफगान शीर्ष स्थानमा

दक्षिण एसियाली देशमा अफगानिस्तान शीर्ष स्थानमा छ । २ स्थानमाथि उक्लिएको अफगानिस्तान १३५ औं स्थानमा छ । माल्दिभ्स आठ स्थान तल झरेको छ र १४१ औं स्थानमा छ ।

विश्वकप छनोटमा नेपाललाई पराजित गरेको भारत २६ स्थान माथि उक्लिएको छ र १४७ औं स्थानमा पुगेको छ । पाँच स्थान तल झरेको बंगलादेश १६७ औं स्थानमा छ ।

दुई स्थान तल झरेको पाकिस्तान १७२ औं स्थानमा छ । दक्षिण एसियाली देशमा श्रीलंका सबैभन्दा पुछारमा छ । १२ स्थान तल झरेको श्रीलंका १८६ औं स्थानमा छ ।

शीर्ष स्थानमा जर्मनी

विश्व वरियताको शीर्ष स्थानमा विश्व च्याम्पियन जर्मनी कायमै छ भने अर्जेन्टिना दोस्रो स्थानमा छ ।

कोलम्बियालाई जित्दै बेल्जियम तेस्रो स्थानमा उक्लिएको छ । कोलम्बिया चौंथो स्थानमा झरेको छ भने ब्राजिल पाँचौं, नेदरल्याण्ड छैटौं र पोर्चुगल सातौं स्थानमा छ । अनलाइन खबरबाट

 

About The Author

Loading...

अन्य समाचारहरु: