Sat. Jul 27th, 2024

विद्यालय विदामा के गर्ने त ?

धादिङ – यतिखेर कतिपय विद्यार्थीहरुको फुर्सदको समय भएको छ । शैक्षिक सत्रको अन्तिम परीक्षा दिएर विद्यार्थीहरु थकाई मारिरहेका छन् । शैक्षिक सत्र सुरु भएको बेलादेखि नै पढाईमा नै ध्यान केन्द्रित भएका विद्यार्थीहरु फुर्सदको समयलाई सदुपयोग गर्न विभिन्न पार्कहरुमा घुम्ने, रमाइलो गर्ने जस्ता कार्यहरु गरिरहेका छन् ।

khel
यस खाली समयमा टोलका साथीहरु बटुलेर क्रिकेट, भलिबल, फुटबल लगायतका खेलहरु खेल्नमा व्यस्त रहेका छन् भने कोही खोलामा पौडी खेल्ने लगायतका कार्य गरी फुर्सदको समयलाई सदुपयोग गरिरहेका छन् । नयाँ नयाँ ठाँउहरुमा घुमेर मनोरञ्जन गर्ने, आफन्तहरुसँग भेटघाट गर्ने लगायतका कार्यहरु पनि गरिरहेका छन् ।

student

 

त्यस्तै विद्यालय तहको अन्तिम परिक्षाको रुपमा लिने एसएलसी परीक्षा एसएलसी सकेर विद्यार्थीहरु पनि फुर्सदमा छन् । कम्प्यूटर तथा भाषा परीक्षाका इन्सिच्युटहरुमा पनि विद्यार्थीहरुको चाप देखिन्छ ।

वर्षभरी आफ्नै पढाईमा व्यस्त रहेता पनि यो खाली समयलाई पनि विद्यार्थीहरुले सदुपयोग गर्न जान्नुपर्छ । त्यस्तै अभिभावकहरुले पनि आफ्ना बालबालिकाहरुलाई कुनै रचनात्मक कार्य तर्फ केन्द्रित गराइदिए विद्यार्थीहको भविव्य सफल हुनेछ ।

About The Author

Loading...

अन्य समाचारहरु: