Tue. May 13th, 2025

११ वर्षीय समृद्धिको पहिलो गीत सार्वजनिक (भिडियो सहित)


१९ साउन, धादिङ –

११ बर्षिय बालिका समृद्धि तिमल्सिनाको पहिलो गीत सार्वजनिक भएको छ । गीतकार रमेश अधिकारीले रचना गरेको यो ‘माथि माथि हिउँचुली’ बोलको गीत शुक्रबार युट्यूबमार्फत् सार्वजनिक गरिएको हो । गीतमा चक्रपाणि तिमल्सिनाको संगीत रहेको छ ।

सामाजिक संजाल फेसबुक तथा ट्वीटर मार्फत गीतको रिलिज भएको जानकारी गराउदै संगीतकार तिमल्सिनाले समृद्धिको गायन प्रतिभाले उनलाई विश्वास नै गर्न नसकिने गरी आश्चर्य चकित तुल्याएको बताएका छन् । साथै संगीतकार तिमल्सिनाले सबै श्रोता तथा दर्शकहरुलाई यो गीत सुनिदिन र हेरीदिन अपिल समेत गरेका छन् । समृद्धि संगीतकार चक्रपाणि तिमल्सिनाका छोरी हुन् ।

सानै देखि गीत गाउनमा धेरै रुची राख्ने समृद्धिले विद्यालय स्तरमा हुने गायन प्रतियोगितामा सँधै अग्र स्थानमा रहने उनी आमा बबिता खनाल बताउछिन् । राष्ट्र प्रेमको भाव बोकेको यो गीत सरल र मिठो लयमा रहेको छ । नेपाली गीत संगीत क्षेत्रमा ख्याती कमाएकी चर्चित गायीका मेलिना राईको अनुयायी र प्रशंसक समेत रहेकी समृद्धिले गीत रेकर्ड गर्दा स्टुडियोमा भेटभएका सबै जनालाई चकित परेकी थिइन् ।
समृद्धिलाई उनका बाबु चक्रपाणि तिमल्सिनाले रेकर्डिङ स्टुडियोमा लिएर आउँदा यो गीत उनले यति सहज ढंगबाट गाउन सक्छिन् भन्ने आफूहरुले अपेक्षा नै नगरेको संगीत संयोजक राजु खड्का र डिजिटल काठमाडौंका संचालक डिका गुरुङ बताउछन् ।

रेकर्डिङ शुरु भए पश्चात उनको गायन प्रतिभा देखेर आफूहरुलाई आश्चर्य चकित तुल्याएको उनीहरु बताउछन्। समृद्धिकी आमा बबिता खनालले गीत रिलिज भएको केहि घण्टा पछि फेसबुक मार्फत भनेकी छिन् “एउटा सानो बाल प्रतिभा भर्खर भर्खर बामे सर्ने जमर्को गर्दै, सबैको सामु एउटा देशप्रेमले ओतप्रोत भएको गीत लिएर आउँदै छिन्।यो फुल्न लागेको कोपिलालाई फक्रनको लागि यहाँहरु सबैको आशिर्वाद र माया धेरै मिल्नेछ भन्ने अपेक्षा समेत गरेकी छु।“

खनालले गीत पुरा सुनेर मन परेमा लाइक,कमेन्ट र शेयर गर्न आग्रह गर्दै सबैको माया, साथ, हौसला र प्रेरणा सदैव रहिरहनेछ भन्ने अपेक्षा गरेकी छिन्। खनाल आफैमा गीतकार हुन् ।उनले रचना गरेको गीतहरु उनका पति चक्रपाणि तिमल्सिनाले लयबद्ध गरि रेकर्ड समेत गरिसकेका छन्।समृद्धिले सानै उमेर देखि परिवारमा संगीतिक माहोल पाएर पनि आफूहरुले अपेक्षा गरेभन्दा उच्च कोटीको प्रतिभा देखाउन सफल भएको संगीतकार तिमल्सिना बताउदछन्। समृद्धि चितवनको स्काई राइडर आवासीय उच्च माध्यामिक बिद्यालयमा कक्षा ५ मा अध्यनरत छिन्।उनी अध्ययनमा पनि उतिकै अब्बल रहेको खनाल बताउछिन् ।

२०७५ साउन १९ गते प्रकाशित

About The Author

अन्य समाचारहरु: