Fri. Mar 29th, 2024

अज्ञात रोगले ११ को मृत्यु

jajar kot

जाजरकोट-अज्ञात रोगबाट डेढ सातामा ११ जनाको मृत्यु भएको छ ।

शुक्रबार पनि पैंक-२ की लक्ष्मी रोकाया र टालेगाउँ-१ की कल्दरा शाहीको यही रोगका कारण मृत्यु भयो । अर्छानीबाट फैलिएको रोगबाट सुष्मिता जैसी, वीरबहादुर रोकाया, खम्बे नेपाली, कल्दरी रोकाया, धनबहादुर रोकाया, जयरूपा उपाध्याय, जयसरी रोकाया र तिलकबहादुर गिरीलगायतको मृत्यु भएको थियो ।

बिरामीलाई टाउको दुख्ने, बान्ता हुने, ज्वरो आउने, हातखुट्टा झमझमाउने, रुघाखोकी लाग्नेलगायत लक्षण देखिने गरेको स्थानीय बासिन्दाले बताएका छन् । पैंकमा ९, टालेगाउँमा १ र अर्छानीमा १ जनाको मृत्यु भएको छ । यी गाविसमा एक हजारभन्दा बढी सर्वसाधारण बिरामी परेका छन् । पैंकमा मात्रै ५ सयभन्दा बढी बिरामी परेको जनता उच्च माविका प्रधानाध्यापक तुल्सीदास चौधरीले बताउनुभयो । गाउँमा पर्याप्त औषधि र स्वास्थ्यकर्मी नहुँदा त्रास फैलिएको उहाँले बताउनुभयो ।

जिल्ला स्वास्थ्य प्रमुख धीरजंग शाहले रोग प्रभावित क्षेत्रमा सदरमुकामबाट डा. दीपक पुनको नेतृत्वमा स्वास्थ्यकर्मीको टोली पठाइए पनि रोग पहिचान नभएको बताउनुभएको छ । क्षेत्रीय स्वास्थ्य निर्देशनालय सुर्खेतले रोग पहिचानका लागि जनस्वास्थ्य अधिकृत डा। चेतन वाग्लेलाई स्रोेत, साधनसहित पठाएको छ । इकान्तिपुर अनलाइनबाट

About The Author

Loading...

अन्य समाचारहरु: