Sat. Jul 27th, 2024

३० किलो चरेश सहित २ जना पक्राउ

धादिङ – धादिङको गजुरी गाउँ विकास समिति वडा नम्बर २ फुर्केखोलाबाट ३० किलोग्राम चरेश सहित २ जना प्रक्राउ परेका छन् ।

शनिबार विहान फुर्केखोलाको एक होटलमा खाना खाईरहेको समयमा प्रहरीले मकवानपुरका पुर्ण बहादुर स्याङतान र रामकुमार स्याङतानलाई प्रहरीले प्रक्राउ गरेको हो । मकवानपुरबाट आउदै गरेका उनीहरु सुराकीको आधारमा प्रक्राउ परेको प्रहरी नायव उपरिक्षक प्रकाश मल्लले बताउनु भयो । यसैगरी अर्का एक तस्कर भने फरार रहेका छन् । प्रहरी देख्ने वित्तिकै फरार भएका पनि मकावानपुरकै भएको प्रहरीले जनाएको छ । उनको खोजी कार्यपनि तिव्र पारिएको ईलाका प्रहरी कार्यलय गजुरीले जनाएको छ ।

पछिल्लो समय पृथ्वीराजमार्ग हुँदै चरेस, गाँजा जस्ता नशालु पदार्थ ओसार पोसार गर्ने कार्य बढ्दै गईरहेको स्थानीयले बताएका छन् । पक्राउ परेका दुवै जनालाई मुलकी ऐन अन्तरगत कारबाही प्रक्रिया अगाडी बढाईने प्रहरीले जनाएको छ । –

About The Author

Loading...

अन्य समाचारहरु: