Sat. Jul 27th, 2024

फोहोरमैलाको जटिलताबाट राजनीति उत्पन्न हुन सक्छ पाण्डे

DSC08808
धादिङ – फोहोरमैलाको जटिलताबाट राजनीति उत्पन्न हुन सक्ने नेकपा एमालेका नेता तथा पुर्व स्थानीय विकास मन्त्री राजेन्द्र प्रसाद पाण्डेले बताउनु भएको छ ।

फोहोरमैला हाल आएर सबैको जटिलताको समस्या देखिएको भन्दै पाण्डेले सर्तक हुन सबैलाई आग्रह गनुभयो । नेपाल बुद्धिजिवी परिषद जिल्ला कार्य समिति धादिङको आइतबार भएको सातौ जिल्ला अधिवेशनको अवसर पारेर आयोजना गरीएको दिगो फोहोर मैला व्यावस्थापन र त्यसका चुनौती विषयक अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै पाण्डेले सो कुरा बताउनु भएको हो । फाहोर मोहोर हो भन्दै पाण्डेले फोहोर व्यवस्थापन गर्न सके धादिङको प्रर्यटन प्रवद्र्धनमा टेवा पुग्ने बताउनुभयो । दैनिक जिवनमा निस्कने फोहोर मध्ये ८५ प्रतिशत पुन प्रयोग गर्र्न मिल्ने फोहोर भएपनि त्यसको सहि सदुपयोग नभएको उहाँले बताउनु भयो ।

काठमाण्डौबाट निस्कने फोहोरबाट नै २१ मेगावाट विद्युत उत्पादन गर्ने सकिने भन्दै पाण्डेले त्यसतर्फ सरकार गम्भिर बन्नुपर्नेमा जोड दिनुभयो । मानिस जम्मेदेखी नमरुञ्जेल सम्म फोहोर गर्ने तर त्यही फोहोर व्यावस्थापनमा भने मानिसले खासै चासो नदिने पाण्डेको भनाई थियोे । मानिसले पैसा कमाएपछि धेरै सम्पत्ति जोड्छ तर त्यहि मासिनले फोहोर व्यावस्थापन गर्नको लागी दुई रुपैयानी छुट्याउ आनाकानी गर्ने गरेको बताउनु भयो ।
यसैगरी नेकपा एमालेका नेता तथा धादिङ निर्वाचन क्षेत्र नम्बर २ का सभाषद गुरु प्रसाद बुर्लाकोटीले पर्यटन क्षेत्रका विकास गर्नको लागी पनि फोहोर व्यावस्थापन गर्नु अति आवश्यक रहेको धारणा व्यक्त गर्नुभयो । कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा संविधान सभाको सभाषद तथा धादिङ निर्वाचन क्षेत्र नम्बर १ का सभाषद धन बहादुर घले, नेपाली काँग्रेसका पुर्व सांसद तथा जिल्ला सभापति रामनाथ अधिकारीले जिल्लाको फोहोर व्यावस्थापन गर्नको लागी राजनीति ऐजेन्डा बनाएर अगाडी बढ्नुपर्ने बताउनु भयो । कार्यक्रममा बोल्ले अधिकांस अतिथीहरुले स्थानीय नागरीकमा जब सम्म चेतना आउदैन तव सम्म फोहोर व्यावस्थापनमा कठिन हुने बताएका थिए । नेपाल बुद्धिजिवी परिषद जिल्ला कार्य समिति धादिङका अध्यक्ष ईन्द्र बहादुर श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको अन्तरक्रिया कार्यक्रममा राजनीतिक दलका नेता, सरकारी कार्यलयका प्रमुख एवं प्रतिनिधि, सरोकारवाला निकायका प्रतिनिधि लगायतको उपस्थिती रहेको थियो ।

About The Author

Loading...

अन्य समाचारहरु: