Wed. May 14th, 2025

१८ वर्षपछि चर्चित पप गीत ‘तीखो चुलेसीमा’को भिडियो


६ भदौ, धादिङ –

चर्चित गीतकार गायक एबम म्युजिक कम्पोजर सुनील वर्देवाको सम्झनामा सुनोद श्रेष्ठले १८ वर्ष पछि हिट गीत ‘तीखो चुलेसीमा’ म्युजिक भिडियो ल्याएका छन्।

वर्देवाद्धारा म्युजिक कम्पोजिशन गरिएको ु पप गायक संजिव सिंह द्वारा स्वरबद्ध उक्त गीत ६० को दशकमा निकै लोकप्रिय थियो । प्रकट पंगेनीको शब्द रहेको गीतको रिमेकीङ भिडियोलाई सुनोद श्रेष्ठले निर्देशन एबम अभिनय गरेका छन् भने उनलाई अभिनयमा मोडल एन्जीमुल्मी श्रेष्ठले साथ दिएकी छिन।

भिडियोलाई अष्ट्रेलियाको मेल्बर्न स्थित ८८ तले यूरेका टावर र वेब ब्रिज मा खिचिएको छ। लामो समयदेखि अस्ट्रेलिया निवासी सुनोद एस इभेन्टस एण्ड मल्टिमिडिया कम्पनी मार्फत नेपाली गीतसंगीत तथा प्रवर्द्धनमा सक्रिय छन्।

उनले यसअघि बिर्सन सक्दिनँ, सात समुन्द्र पारी लगायत आधा दर्जन गीतहरुको भिडियो ‘रिमेक’ गरिसकेका छन् । भिडियोलार्इ भीमगोपाल इन्टरटेन्टमेन्टले उत्पादन गरेको हो।

https://www.youtube.com/watch?v=65pAn__Aikc

२०७५ भदौ ६ गते प्रकाशित

About The Author

अन्य समाचारहरु: