जब कुनै वर्षको अन्त्य हुन्छ, त्यसको समीक्षा आ-आफ्नै ढंगबाट गरिन्छ । यो वर्षको आज अन्तिम दिन । नेपाली चलचित्र क्षेत्रले वर्षभरि पाएका र गुमाएका कुरालाई विभिन्न तपवरबाट समीक्षा गरिँदैछ ।
हरेक वर्षजस्तै यसपटक भने पुराना वर्ष जे जसरी बिते, नयाँ वर्ष राम्रोसँग बितोस् भनेर शुभकामना आदान-प्रदान हुँदैछ । नेपाली चलचित्र क्षेत्रको हकमा पनि यो कुरा गतवर्ष जस्तै यसवर्ष पनि लागू भएको छ । वि।सं ०७० मा जे जस्तो भए पनि वि।सं ०७१ आशा लाग्दो होस् भनिएको एक वर्ष भयो । आखिर, गत वर्षको अन्त्यमा हामीले राखेको आशा र दिएको शुभकामना के पुरा भयो त ?
नेपाली चलचित्र क्षेत्र भनिरहँदा हामीले दिल खोलेर उद्योग भन्न सकेका छैनौं । कारण, नेपाल सरकारले यसलाई उद्योगको मान्यता नै दिएको छैन । तर, वर्षभरि प्रदर्शनमा आएका करिब ८५ वटा चलचित्रको सूचीलाई हेर्ने हो भने, के यो क्षेत्र उद्योग बन्न लायक छैन, बहस गर्नुपर्ने जरुरी छ ।
करिब ८५ वटा चलचित्रमा भएका लगानीलाई औषतमा मान्ने हो भने पनि, ३५ करोड रुपैयाँ नेपाली चलचित्रका लागि खर्च भएको छ । वर्षमा करिब ३५ करोड लगानी हुने चलचित्र क्षेत्र उद्योग बन्न सबैभन्दा पहिला आवश्यक छ ।
दोस्रो कुरा, हामीले वर्ष ०७१ मा के पायौं त रु यो वर्ष प्रदर्शनमा आएका चलचित्रलाई हेर्ने हो भने आधा दर्जन चलचित्रको व्यापार निर्मातालाई केही फाइदा दिने खालको छ । ‘नोभेम्बर रेन, कबड्डी, कोहिनुर, हिम्मतवाली, लज्जा, जेरी’ लगानी उठाएर निर्मातालाई केही फाइदा दिने चलचित्र हुन् । उसो त, यी चलचित्रको आधिकारिक व्यापार थाहा पाउने आधार केही पनि छैन ।
यीबाहेक ‘बिर्खेलाई चिन्छस्, टलकजंग भर्सेस टुल्के, स्टूपिड मन, पुनर्जन्म, भुल भूलैया’ औषत चलेका चलचित्र हुन् । हुन त, निर्माताले चलचित्रका बारेमा आ(आफ्नै दाबी पस्केको पाइन्छ । दुई चलचित्र ‘नाई नभन्नु ल ३ र हवल्दार सुन्तली’ प्रदर्शनकै क्रममा रहेकाले अहिले नै यसलाई श्रेणीमा राख्नु उपयुक्त हुँदैन ।
करिब ८५ वटा चलचित्रको भिडमा १० वटा चलचित्रले पनि मुस्लिकले निर्मातालाई खुशी नदिनु सुखद कुरा होइन । हामीमा एउटा प्रथा छ, एउटा चलचित्र चल्ने वित्तिकै खुसी हुने र सबै समस्या समाधान भयो भन्ने सोच हामी बोक्छौं । दर्शक एउटा चलचित्र हेर्न हलमा आउँदा हामीलाई लाग्छ, अब प्रदर्शनमा आउने सबै चलचित्र चल्छन् । सायद यही सोचेर होला, चलचित्र क्षेत्रलाई हित गर्ने भनेर खोलिएका विभिन्न संघसंस्था कानमा तेल हालेर बस्छन् ।
नेपालको गति र चलचित्रको गति उस्तैखालको छ । नेपालको राजनीतिक अस्तव्यस्तताले निम्त्याएको हालत हेर्दा हामीलाई लाग्छ, साच्चै नेपाल चल्न त चलेको छ तर कसरी रु चलचित्र पनि यस्तै हो । यहाँ वर्षमा ३५ करोड लगानी भएको छ, तर केका लागि रु यसरी हेर्दा निर्मातालाई त मान्नैपर्छ ।
असफलताको वर्षले यो वर्ष पनि निरन्तरता पाइरहँदा दुखी भएर पुर्पुरोमा हात राख्नुपर्ने अवस्था भने छैन । हामीमा गर्ने भन्दा बोल्ने बानी धेरै छ । चलचित्रका वास्तविक निर्माता र चलचित्रकर्मी मरिरेको अवस्थामा गफ हानेर खान पल्कने केही चलचित्रकर्मी यहाँ हाबी छन् । सुरुमा यो कुराको अन्त्य हुन जरुरी छ । नेपाली चलचित्रमा ‘काम गर्ने कालु, मकै खाने भालु’को उखान चरितार्थ हुन्छ ।
हामीमा सिक्ने कुराको अभाव छ । आफूले गरेको सिर्जनालाई कसैले अगाडि ठिक्क पारिदिँदा मख्ख पर्ने बानी हामीमा छ । हामीले कहिले सिक्नै खोजेनौं, खोज्यौं त मात्र प्रशंसा । यही प्रशंसाले हामीलाई सधैं पछाडि पारिरहेको छ ।
वर्ष ०७१ बिदा हुँदै गर्दा हामीलाई धेरै कुरा सिकाएर गएको पनि छ । यो कुरालाई मनन गर्ने वा नगर्ने भन्ने कुरा मात्र हो । नेपाली चलचित्र असफल हिजो पनि भएको थिएन र आज पनि भएको छैन । उत्पादन बढेपछि त्यस अनुसार असफलको दर बढ्नु ठूलो कुरा होइन । दर्शकलाई हामीले के दियौं भन्ने हामीले कहिले सोच्ने ?
नीति नियम नभएको, मन लाग्दी चलचित्र बनेको यो क्षेत्रमा धन्न आजसम्म दर्शक हलमा आएर पैसा खर्च गरिदिएका छन् । हामी एउटा कुरामा स्पष्ट हुन के जरुरी छ भने, वर्षमा चलेका ८५ वटा चलचित्र जस्ता भए पनि हेर्न दर्शक हलमा किन आउने रु एउटा दर्शकले वर्षमा ८५ वटा नेपाली चलचित्र हेर्न सक्छ या सक्दैन रु सक्दैन भने हामी किन बनाउँछौं यति धेरै चलचित्र ?
निराशाजनक होइन, आशावादी कुरा गरौं । यो वर्ष लगानी उठाएका भनिएका चलचित्र किन चले भनेर हामीले समीक्षा किन गरेनौं रु सधैं चलचित्र चल्दैन, दर्शक हलमा आएनन् भनेर किन हामी माइकका अगाडि भट्टयाइरह्यांै रु विभिन्न संघसंस्थाका अध्यक्षहरु कार्यक्रममा पुगेर चलचित्र चलोस् भनेर शुभकामना दिनु भन्दा अन्य के काम गरे रु के उनीहरुले कुनै दिन एकै थलोमा बसेर छलफल र समस्याको समाधान खोज्ने कोशिश गरे ?
‘हवल्दार सुन्तली र नाई नभन्नु ल ३’ जस्ता चलचित्र चलेपछि खुशी हुने हामीले ‘अलबिदा, तथास्तु, आभाष, माला, षडङ्ग’ जस्ता चलचित्र असफल हुँदा कारण खोज्न किन सकेनौं रु भोलिबाट लाग्दै गरेको नयाँ वर्षमा नेपाली चलचित्रलाई फलिफाप होस् भनेर शुभकामना दिँदै गर्दा, एकपटक हामी सोचौं कि हामी कहाँ चुक्यौं रु हामीले अब गर्नुपर्ने काम के हुन् ?
कानमा तेल हालेर सुस्ताइरहने र निर्माता मरिरहोस् भन्ने सोच राख्ने हो भने वर्ष ०७२ पनि असफलताको सूचीमा पर्यो भनेर अन्त्यमा समीक्षा कोर्नुबाहेक हामीसँग कुनै उपाय नै हुनेछैन । सबैले एक पटक सोचौं । खुशी हुने दिन ‘नाई नभन्नु ल ३ र हवल्दार सुन्तली’ हेर्न आएका दर्शक हेर्दा होइन, वर्षमा चल्ने ४० वटा चलचित्रमा सबै चलचित्रका निर्माता बाँच्दा आउँछ ।
अनलाइनखबरबाट