

६ भदौ, धादिङ –
धादिङ जिल्लामा पहिलो पटक महिला तथा पुरुष लोकदोहोरी प्रतियोगीताको अडिसन सुरु भएको छ ।
जेजल इन्टरटेन्ट्मेन्टको प्रस्तुतिमा प्रतियोगीताको आयोजना गरिएको हो । पहिलो अडिसन जिल्लाको गजुरी गाउँपालिकामा बुधबार आयोजना गरिएको छ ।
अडिसन धादिङबेसी, महादेवबेसी लगायत जिल्लाका विभिन्न ठाउँहरुमा गरिने आयोजकले जानकारी दिएको छ । अडिसनबाट छानिएका प्रतियोगीहरुलाई विभिन्न राउण्ड गर्दै फाइनलमा लैजाने जानकारी दिएको छ ।
२०७५ भदौ ६ गते प्रकाशित