Sat. Jul 27th, 2024

ट्रकले किचेर बालिकाको मृत्यु

३० चैत, धादिङ – मालबाहक ट्रकको ठक्करबाट सोमबार धादिङको नौविसेमा एक जना बालिकाको मृत्यु भएको छ ।

काठमाण्डौबाट बिरगंज जादै गरेको ना २ ख ३५१० नम्बरको ट्रकले ठक्कर दिदा धादिङको केवलपुर गाउँ विकास समिति वडा नम्बर ४ च्युरीपाटीका ८ बर्षिय तुलसा सुवेदीको मृत्यु भएको हो । आमा सँगै सडक पार गर्नेक्रममा ट्रकले ठक्कर दिँदा घाईते भएकी बालिकाको उपचारको लागि काठमाण्डौ लैजादै गर्दा बाटोमा मृत्यु भएको जिल्ला प्रहरी कार्यलय धादिङले जनाएको छ ।

ठक्कर दिने ट्रकका चालक हेटौडाका पुर्ण मिजारलाई प्रहरीले नियन्त्रणमा लिएको छ । दुर्घटनापछि आक्रोसित बनेका बालिका आफन्त र परिवारले दिउँसो केहिबेर पृथ्वी राजमार्ग बन्द गराएका थिए ।

About The Author

Loading...

अन्य समाचारहरु: