Sat. Jul 27th, 2024

लैङिगक विभेद छुट्टाएर नागरिकता दिनु हुदैन

IMG_0842
धादिङ  – नागरिकता शक्ति र शत्ताको प्रतिक भएकाले लैङिगक विभेदका कारण छुट्टाएर दिन नहुने एक कार्यक्रमका सहभागीहरुले बताएका छन् ।

सञ्चालिका समूहले सोमबार धादिङबेसीमा आयोजना गरेको नागरिकतामा महिलाको अधिकार विषयक अन्र्तक्रिया कार्यक्रममा वंशज र वैवाहिक आधारमा नागरिकता दिने कानुन भएपनि यो र त्यो बहानामा महिलालाई नागरिकता दिने कुरामा पछि पारिएको बताएका हुन् । कुनै पनि व्यक्तिको जन्म हुँदाको वखत निजको आमा र बाबु नपाली नागरिक रहन्छ भने त्यस्तो व्यक्ति नेपाली नागरिक ठहरिने कार्यक्रममा जानकारी गराइएको छ ।

नेपालमा २३ दशमलव ६५ प्रतिशत व्यक्तिहरुमा नेपाली नागरिकताको प्रमाणपत्र छैनन् । हिमालमा ३४ प्रतिशत, पहाडमा २८ दशमलव ५ प्रतिशत र तराईमा १७ दशमलव ५ प्रतिशत व्यक्तिहरुको नागरिकता रहेको छैन । नेपालमा रहेका ३ हजार ३ सय १५ धरधुरीको सर्वेक्षण गर्दा एउटै घरमा ७४ प्रतिशत महिलाको र ८७ प्रतिशत पुरुषको मात्र नागरिकता रहेको कार्यक्रममा जानकारी गराइएको छ ।

कार्यक्रममा अधिवक्ता सविन श्रेष्ठले नेपालको नयाँ संविधानमा नागरिकतासम्बन्धी प्रस्तावित प्रावधानः सरोकार र समाधानका उपायहरु विषयक कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । कार्यपत्र माथि उठेका प्रश्नहरुको धादिङका सहायक प्रमुख जिल्ला अधिकारी नन्दलाल शर्मा र अधिकारकर्मी राधिका सापकोटाले जवाफ दिनु भएको थियो । सहायक प्रजिअ अधिकारीले नागरिकता पाउन नागरिकता ऐन २०६३, नेपाल सरकारको ऐन, गृहमन्त्रालयले गरेको परिपत्र लगायत तोकिएका मापदण्ड पूरा गरेको जो कोहीले नेपाली नागरिकता पाउने बताउनुभयो । जिल्ला प्रशासन कार्यलयबाट वंशजको आधारमा र वैवाहिक आधारमा नागरिकता दिने गरेको जानकारी गराउनुभयो ।

About The Author

Loading...

अन्य समाचारहरु: