Sat. Jul 27th, 2024

धादिङमा नयाँ स्थानीय विकास अधिकारीलाई स्वागत

laxman
धादिङ – जिल्ला विकास समितिको कार्यालय, धादिङमा पदास्थापन हुनु भएका स्थानीय विकास अधिकारी श्री लक्ष्मण विक्रम थापालाई कार्यलयले स्वागत गरेको छ ।

नेपाल सरकारको मिति २०७१ चैत २२ गते पदास्थापन हुनु भएका थापाले सोमबारदेखि नै कार्यालयमा हाजिर हुनुभएको छ । वि.स. २०४९ साल देखि निजामति सेवामा रही सेवा गर्दै आउनु भएका स्थानीय विकास अधिकारी यस अघि यातायात व्यवस्था कार्यालय, गण्डकीमा कार्यरत हुनुहुन्थ्यो । क्षेत्रीय प्रशासन कार्यालय, जिल्ला प्रशासन कार्यालय र यातायात व्यवस्था कार्यालयमा कामको लामो अनुभव संगाल्नु भएका थापाको स्थानीय विकास अधिकारीको रुपमा भने धादिङ पहिलो जिल्ला हो ।

कार्यक्रममा बोल्नुहुदै स्थानीय विकास अधिकारी थापाले जिल्ला विकास समिति जिल्लाको समग्र विकासमा नेतृत्वदायी निकायको रुपमा रहेर काम गर्ने बताउनुभयो । आफू रहदा आम नागरिकहरुको गुनासाहरुलाई साथ साथै लैजाने बताउनुभयो । कर्मचारीहरुलाई निर्देशन दिने क्रममा स्थानीय विकास अधिकारीले प्रचलित ऐन, नियम, कार्यविधिहरुको पालना गर्दै विना पूर्वाग्रह कार्यसम्पादन गर्न एवं कार्यसम्पादन गर्दा संस्थागत उदेश्य हासिल गर्ने र स्वक्रियासिल भई सेवाग्राहीलाई यथासक्य चाडो सेवा दिन आग्रह गर्नुभयो ।

प्रशासनिक निकायमा रहेर काम गर्दा आफूले विकासे कार्यालयहरुको कामलाई नजिकवाट नियालेको अनुभव सुनाउनु हुदैै उहाँले जिल्लामा भईरहेका राम्रा कामहरुलाई अझ गति दिने र सुधार गर्नुपर्ने ठाँउमा सुधार गर्न आफु प्रतिवद्ध रहेकाले सो अनुसार सवैले कार्य गर्न निर्देशन दिनुभएको छ । धादिङका स्थानीय निकायका कर्मचारीहरुमा राम्रो टिमवर्क रहेको आफुले सुनेको र यसलाई अझ मजबुुद बनाएर कार्य सम्पादन गरेमा हामी सवै सफल हुने विश्वास व्यक्त गर्नुभयो । राम्रो काम गर्दा कर्मचारीहरुलाई कुनै समस्या आएमा आफुले अभिभावकत्व ग्रहण गर्ने उहाँको भनाई छ ।

About The Author

Loading...

अन्य समाचारहरु: