Sat. Jul 27th, 2024

संचारकर्मी टिकाको ‘मर्म’ आयो

Copy of timi binako jiwan
धादिङ – संचारकर्मी टिका श्रेष्ठको मर्म बजारमा आएको छ । यस अघि फुल्दै फुल्दै जाउ नामक आधुनिक गीत बजारमा सार्वजनिक गर्नुभएका श्रेष्ठले अहिले तिमी विनाको जीवन ल्याउनुभएको हो ।

माया गर्ने व्यक्ति टाढा भएपछि विछोडको पीडा मर्म मार्फत पोखिएको छ । शब्द, संगित र आवाज श्रेष्ठले नै भर्नुभएको गीतको एरेन्ज भने हेमन्त शिशिरले गर्नुभएको छ ।
मर्म एल्बम मार्फत बजारमा आएको तिमी विनाको जिवन नामक गीतको भिडियो सिडि छिट्टै सार्वजनिक गरिने श्रेष्ठले जानकारी दिनुभयो । आधुनिक गितको दुनियामा अघि बढ्दै गर्नुभएका श्रेष्ठले यस पछि फास्ट ट्रयाकका गीतहरु पनि बजारमा ल्याउने बताउनुभयो ।

श्रेष्ठले रेडियो धादिङमा पाँच वर्ष देखि साङ्गीतिक कार्यक्रम उत्पादक संचालन गर्दे आउनुभएको छ ।

About The Author

Loading...

अन्य समाचारहरु: