Sat. Jul 27th, 2024

जाजरकोटमा स्वाईन फ्लुको संक्रमण १७ जनाको मृत्यु

बीरबहादुर गिरी 

DSC02461

२ बैशाख, जाजरकोट – गरिबी मृत्यु कारण बन्छ भन्ने भनाई जाजरकोटबासीको लागि सत्य साबित भएको छ ।

जीउ ढाक्ने र पेट भेर्ने गर्जो टार्न भारत गएकाहरु घर फर्किएसंगै स्वाईन फ्लु भित्रियो पहाडी जिल्ला जाजरकोटमा । तीन सातादेखि फैलिएको अज्ञात रोगको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा नमुना परिक्षण पछि स्वाइन फ्लु पुष्टि भएको हो । स्वाइन फ्लु भारत गएकाहरुबाट भित्रिएको हुन सक्ने स्वास्थ्यकर्मीको अनुमान छ । यो बेला भारतबाट घर फर्कने धेरै छन, चेक जाँच बिना यसरी भारतबाट आउनेहरुबाट नै संक्रमण आएको हुन सक्छ टालेगाउँ स्वास्थ्य चौकीका इन्चार्ज पेम्बा दोर्जे शेर्पाले भन्नुभयोे । यो आफैमा प्राण घातक होइन तर रोग प्रतिरोधात्मक क्षामता नभएका र दीर्घ रोगीलाई यसले बढि असर गर्छ इन्चार्ज शेर्पाले बताउनुभयो ।

बर्षका १२ महिना यहाँका बासिन्दा कामको खोजीमा भारत जाने गर्दछन । जाजरकोटबासीका लागि भारत जानु रहर नभई बाध्यता बनेको छ । स्थानीय स्तर र देशमा रोजगारीको अबसर नपाउदा स्थानीयलाई कामको खोजीमा भारत पस्नु पर्छ । भारतबाट फर्केकाबाटै स्वाईन फ्लु भित्रिएको स्थानीयको भनाई छ । केही मान्छे भारतबाट आउनसाथ गाउँमा रोगको प्रकोप फैलिएको नायकवाडा ९ मानबहादुर चलाउनेले बताउनुभयो । चैतको दोस्रो सातादेखि फैलिएको प्रकोपले १७ जनाको मृत्यु भएको छ ।

बुधबार बिहान टालेगाउँ ७ का दलबहादुर शाहीको मृत्यु पछि मृतकको संख्या १७ पुगेको हो । उपचारको अभाबमा सबैको मृत्यु भएको हो । बिरामी परेका उनीहरुले सिटामल समेत नपाएर मृत्युबरण गर्नु परेको छ । चेतनाको अभाब, भौगोलिक बिकटता उचित स्वास्थ्य सुबिधा नहुदा उनीहरुको मृत्यु भएको हो । स्वास्थ्यकर्मी सम्पर्कमा आएर उपचार पाएका कसैको मृत्यु नभएको क्षेत्रिय स्वास्थ्य निर्देशक डा राजेन्द्र पन्तले बताउनुभयो । उहाँका अनुसार प्रकोप फैलिएपछि उपचारका आउने सबैलाई सन्चो भएको छ । महामारीबाट पैंकमा ९, टालेगाउँमा ६ अछार्नीमा र नायवाडामा एक एक जनाको मृत्यु भएको छ । उनीहरुको सबैको उपचारको अभाबमा मृत्यु भएको आफन्तले बताएका छन् ।

लामो समय रोगको पहिचान बिना उपचारमा समय खर्च गर्दा धेरैको अकालमा मृत्यु भएको स्थानीयले बताएका छन । जिल्ला स्वास्थ्य कार्यालयले समयमा चासो नदेखाउदा प्रकोपले महामारीको रुप लिएको स्थानीयको आरोप छ । निर्देश डा. पन्तले रोगको पहिचान भइसकेकोले थप फैलन नदिन र बिरामीको उपचारमा सबै एक जुट भएर लाग्नु पर्ने बताएका छन । सरकारले प्रकोप नियन्त्रणको लागि पहल गरे पनि बिभिन्न गाविसमा प्रकोप फैलने क्रम रोकिएको छैन । निर्देशक डा.पन्तले प्रकोप नियन्त्रणको लागि प्रयाप्त औषधि र स्वास्थ्यकर्मीको ब्यबस्था गरिएको दाबी गरेका छन । जिल्लामा स्वाईन फ्लुको भित्रिएको खबरले जिल्लाबासी त्रसित भएका छन । चिकित्सकले भने यो सामन्य भाइरले भएकोले नआत्तिन अनुरोध गरेका छन । प्रकोप प्रभाबित गाविसमा औषधि उपचार र थप फैलन नदिन तत्काल ब्यबस्था गर्न जाजरकोटबासीले सरकारसंग माग गरेका छन ।

यसै बिच प्रकोपको संक्रमण बढि फैलिएको टालेगाउँ गाविसमा नेपाली सेनाको चिकित्सक सहितको टोलीले बिरामीको उपचार शुरु गरेको छ । मंगलबार सदरमुकाम खलंगाबाट हिडेको टोलीले बुधबार बिहानबाट बिरामीको उपचार थालको बीरदल गण जाजरकोटको गणपति सुधिर प्रताप सिंहले जानकारी दिनु भएको छ । बिरामीको उपचारको लागि चौरजहारी अस्पताल रुकुमबाट डा.सोमन राईको नेतृत्वमा एक बिदेशी डाक्टर सहितको टोली बुधबार नै टालेगाउँ हिडेको प्रमुख जिल्ला अधिकारी जगतबहादुर बस्नेतले बताउनुभयो ।

About The Author

Loading...

अन्य समाचारहरु: