२५ भाद्र, धादिङ-
तामाङहरुको पहिचान, भेषभुषा, कला, संस्कार र संस्कृतिलाई संरक्षण र सम्बद्र्धन गर्ने उद्येश्यका साथ धादिङको रुवीभ्याली गाउँपालिकाका कलाकारहरुले ‘रुबिभ्याली म्हेन्दोमाया कलाकार संघ’ गठन गरेका छन् ।
नवगठित कलाकार संघको अध्यक्षमा आरभ्म तामाङ चयन भएका छन् । त्यस्तै उपाध्यक्षमा रमेश गोम्ज तामाङ, सचिबमा जयबिर तामाङ, सहसचिवमा राज गोम्ज तामाङ, कोषाध्यक्षमा छिमी मम्बा तामाङ, सह कोषाध्यक्षमा बिनिता तामाङ र सदस्यहरुमा बिमल तामाङ, शान्ती घले र मिकारानी घले रहेका छन् । काठमाण्डौमा भएको कलाकारहरुको भेलाले नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको हो ।
नयाँ समिती बिस्तार गर्ने क्रममा आफ्नो जातीय कला र संस्कृतिलाई आफ्नो पहिचान बनाउदै भावी पुस्ताहरुको लागि पनि जोगाइराख्नको लागि म्हेन्दोमाया कलाकार संघ गठन गरिएको अध्यक्ष आरम्भले जानकारी दिए । उनले भने, ‘समग्र तामाङहरुको पहिचानलाई संरक्षण र सम्बद्र्धन गरि कला, संस्कृति र रितिरिवाजलाई जगेर्ना गर्नका र भावी पुस्ताहरुको लागि पनि जगेर्ना गर्नको लागि रुबिभ्याली म्हेन्दोमाया कलाकार संघ खोलेको हौँ । यसले रुबिभ्याली क्षेत्रका तामाङहरुको कला र संस्कृतिलाइ उजागर गरि संरक्षण र सम्वद्र्धनको लागि विभिन्न रचनात्मक र सास्कृतिक गतिविधि गर्नेछ ।’
अध्यक्षमा निर्वाचिति आरम्भ तामाङले विभिन्न चर्चित तामाङ गीतहरु दर्शकहरुमाझ ल्याइसकेका छन् । तीमध्ये मुस्ताङ गाडिरी, तामाङ ठिटी, पालङ रोरो लगायत थुप्रै गीतहरु गाइसकेका छन् । त्यति मात्रै नभै तामाङ फिल्म सिङ्ला म्हानेमा समेत नायकको भुमिका निभाइसकेका द्धन् । आरम्भ अभिनित ङ्हो नामक नयाँ फिल्म आउदो केहि दिनमै प्रदर्शनमा आउदै छ ।
नेपालको विशेषगरि हिमाली क्षेत्रहरुमा बढी चर्चित म्हेन्दोमाया पछिल्लो समय देशब्यापी लोकप्रिय हुँदै आएको छ भने विदेशमा समेत चर्चित हुँन थालेको छ ।