Sat. Jul 5th, 2025

धादिङबेशीको चोक चोकमा एक्कासी बालबालिका नाच्न थालेपछि…(भिडियो सहित)

भाद्र २९, धादिङवेशी-

अपरान्ह ४ बजेको थियो । सधै ब्यस्त रहने सदरमुकाम धादिङवेशी स्थित पुछारबजारको मुख्य चोकमा २०÷२५ जना बालबालिका देखा परे । ओहोर दोहोर गरिरहेका सवारीसाधन टक्क रोकिए, बजारको सुरक्षाको लागि डिउटीमा रहेका प्रहरी अकमक्क भए । अचानक ठुलो स्पिकरबाट गीत बज्न थाल्यो, अघि देखिएका तिनै साना साना बालबालिकाहरु सडकमै नाच्न थाले, हेर्नेहरुको एक्कासी भीड बढ्यो ।

ब्यस्त सडककै वीचमा एक्कासी बालबालिका नाच्न थालेपछि के हो, कसो हो, कसैले केही थाहा पाउन सकेनन् । जव ५ मिनेटको नृत्य सकियो सवैले थाहा पाए बालदिवसको अवसरमा बालबालिकाले गरेको कार्यक्रमको रहेछ । स्टेप अप डान्स एकेडेमीमा नृत्य सिक्दै गरेका बालबालिकाहरुले बाल यौन दुब्यवहारको विरुद्धमा गरेको ‘फ्ल्यास मोव’को दृश्य थियो त्यो । बालदिवसको अवसर पारी बाल यौन दुब्र्यवहार रोकौ र बाल यौन दुब्यबार गर्नेहरुलाइ माफी नदिऔ भन्ने सन्देशका साथ फ्ल्यास मोव संचालन गरि बालिबालिकाहरुले बालदिवस मनाएका हुन् ।

फ्ल्यास मोव एउटा यस्तो कार्यक्रम हो जसमा विभिन्न किसिमका गीत संगीतमा नाचिन्छ र नाचको अन्त्यमा एउटा सन्देश दिइन्छ । नाच्नुपुर्व सुरक्षा निकायलाइ भन्दा बाहेक कसैलाइ पनि कसले आयोजना गरेको, किन गरेको भन्ने विषयमा केही जानकारी दिइदैन । नाच सकिएपछि नाच्नेहरुले केका लागि नाचिएको सन्देश दिन्छन् र सवै आ–आफ्नो बाटो लाग्छन् ।

पछिल्लो समय बालबालिकाहरु बलात्कारको सिकार हुने क्रम बढ्दो मात्रामा रहेको र गीत तथा नृत्य मार्फत सन्देश प्रवाह गर्नको लागि स्टेप अप डान्स एकेडेमीमा नृत्य गर्दै आएका बालबालिकाहरुको सहभागीतामा सन्देशमुलक फ्ल्यास मोव संचालन गरिएको एकेडेमीका संचालक मित्र तामाङले बताए ।

फ्ल्यास मोवमा अहिलेकी चर्चित ‘भाइरल फुच्ची’ दीक्षा ठकुरीले पनि नृत्य गरेकी थिइन् । दीक्षा सहितको टोलीले सदरमुकाम धादिङवेशीको पुछारबजार चोक, एमालेचोक र वीच बजार चोकमा नृत्य देखाएका थिए ।

फ्ल्यास मोवको भिडियो हेर्न यहाँ क्लिक गर्नुहोला

२०७५ भदौ २८ गते प्रकाशित

About The Author

अन्य समाचारहरु: