Sat. Jul 27th, 2024

आर्थिक लेनदेन अन्त्य गर्न एलडियोको प्रतिबद्धता

ldo dhading
३ बैशाख धादिङ – धादिङ जिल्लामा भर्खरै मात्र पदास्थापन हुनु भएका स्थानीय विकास अधिकारी लक्ष्मण विक्रम थापाले पत्रकारसँग अन्र्तक्रिया गर्नुभएको छ ।

जिल्ला विकास समितिको कार्यलय धादिङमा विहिबार एक कार्यक्रमको आयोजना गरी जिल्लाको अवस्था, समस्या, चुनौती तथा समग्र बस्तुस्थितिका बारेमा छलफल गरिएको हो ।

कार्यक्रममा बोल्नुहुँदै स्थानीय विकास अधिकारी थापाले कार्यलयको नीति नियमको आधारमा संस्थालाई चलाउने बताउनु भयो । स्थानीय निकायको काम, कार्बाहीलाई सुधार गर्नुपर्ने ठाँउमा सुधार गर्न आफु प्रतिवद्ध भएर लागि गर्ने बताउनुभयो । जनशक्ति परिचालन गर्ने कार्यलाई निरन्तरता दिने र आर्थिक लेनदेनका कुराहरुलाई अन्त्य गर्न कोसिस गर्ने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो ।

सो अवसरमा नेपाल पत्रकार महासंघ धादिङका अध्यक्ष नवराज छत्कुलीले धादिङ जिल्लाको सञ्चारक्षेत्रको अवस्था तथा जिल्ला विकास समिति धादिङबीचको सम्बन्धका बारेमा जानकारी गराउनु भएको थियो । साथै स्थानीय रुपमा हुने विभिन्न जनगुनासाहरुलाई मनन गर्न आग्रह समेत गर्नुभयो ।

वि.स. २०४९ साल देखि निजामति सेवामा रही सेवा गर्दै आउनु भएका थापा यस अघि यातायात व्यवस्था कार्यालय गण्डकीमा कार्यरत हुनुहुन्थ्यो । क्षेत्रीय प्रशासन कार्यालय, जिल्ला प्रशासन कार्यालय र यातायात व्यवस्था कार्यालयमा कामको लामो अनुभव संगाल्नु भएका थापाको स्थानीय विकास अधिकारीको रुपमा भने धादिङ पहिलो जिल्ला रहेको छ ।

About The Author

Loading...

अन्य समाचारहरु: