Sat. Jul 27th, 2024

जिविस धादिङमा विद्युतीय सुचना पाटी सञ्चालन

notice board
धादिङ –  जिल्ला विकास समिति धादिङले विद्युतीय सुचना पाटी (डिस्प्ले)शुभारम्भ गरेको छ । सुचना पाटीको स्थानीय विकास अधिकारी लक्ष्मण विक्रम थापाले विहिबार रिमोर्ट अन गरेर सुरुवात गर्नुभयो ।
विद्युतीय सुचना पाटीमा अक्षर, दृश्य एवम् अडियो भिडियो मार्फत जिल्ला विकास समितिको कार्यलयले गरेको कार्यहरुको बारेमा थाहा पाउन सकिनेछ । विकास गतिविधि, सुचना जानकारी एवम् नागरिक वडापत्र नियमित अपडेट गरी प्रत्येक दिन सार्वजनिक गरिनेछ । टाँस गरिएका सुचनाहरु पढ्ने बानी हराउदै गएकोमा सेवाग्राहीहरु यसबाट प्रत्यक्ष लाभान्वित हुने जिल्ला विकास समिति धादिङका सुचना अधिकारी भोला गौतमले जानकारी दिनुभयो ।

विद्युतीय सुचना पाटीमा श्रव्य, दृश्यको माध्यमबाट जानकारी उपलब्ध हुने भएपछि कार्यलयका शाखा शाखाहरुमा गएर सोधिरहनुपर्ने झंझटबाट पनि मुक्त हुने अपेक्षा गरिएको छ । कार्यलयले प्रदान गर्ने सेवाहरु टेलिभिजनको स्क्रिनमा डिस्प्ले हुने, सेवाग्राहीले चाहेको सेवा छनौट गरी हेर्न सक्ने, कार्यलयको प्रगति विवरण, नेपालको राष्ट्रिय गान, सुचना, फोटोहरु हेर्न सकिनेछ ।

विद्युतीय सुचना पाटी (डिस्प्ले)को लागि ४७ ईन्चको एल.ई.डिटिभी जडान गरिएको छ भने सर्भर कम्प्यूटरसँग जोडि Xiva प्रोगामको सहायताले डिस्प्ले गर्ने व्यवस्था मिलाइएको छ । यो जडानका लागि कुल १ लाख ५० हजार लागत लागेको जिल्ला विकास समिति धादिङले जनाएको छ ।

About The Author

Loading...

अन्य समाचारहरु: