

६ असोज, धादिङ–
धादिङको गजुरी गाउँपालिका– ५ घाटबबेसीमा रहेको नवजीवन साना किसान कृषि सहकारी संस्था लि.को छैटौँ वार्षिक साधारणसभा सम्पन्न भएको छ ।
संस्थाका अध्यक्ष अम्बिका अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा प्रतिनिधिसभाका सांसद भूमि त्रिपाठीको प्रमुख आतिथ्यता रहेको थियो ।
कार्यक्रममा गजुरी गाउँपालिकाका अध्यक्ष राजेन्द्र विक्रम बस्नेत, उपाध्यक्ष सीता ढुङगाना, साना किसान जिल्ला संघका अध्यक्ष रंग थपलिया लगायतको सहभागीता रहेको थियो ।
२०६९ सालमा स्थापना भएको सहकारीमा हाल ११ सय शेयर सदस्यहरु छन् । संस्थाले हालसम्म ८ लाख ९७ हजारर ४० रुपैया नाफा गर्न सफल भएको सहकारीका म्यानेजर नारायण सुवेदीले जानकारी दिए ।
२०७५ असोज ६ गते प्रकाशित