Sat. Jul 5th, 2025

मिस्टर एण्ड मिस किड्स आईकन २०१८ : घिसिङ र तामाङ विजेता


१५ असोज, काठमाडौँ –

मिस्टर एण्ड मिस किड्स आईकन नेपाल २०१८ मा रिदम घिसिङ र अक्सा तामाङ संयुक्त रुपमा विजेता भएका छन । प्रतियोगितामा दुई वटा उमेर समहु रहेको थियो । जसमा ८ देखी १२ सम्म ग्रुप ‘ए’ र १२ देखी १४ उमेरका ‘बी’ ग्रुप छुट्याइएको थियो ।

अक्सा ग्रुप ‘ए’ बाट विजयी भएकी हुन भने रिदम ग्रुप ‘बी’ बाट विजयी भएकी हुन । सनसाईन प्रोडक्सनले आयोजना गरेको कार्यक्रममा ग्रुप ‘ए’ बाट दोस्रोमा आकृती भित्रकोटी र ग्रुप ‘बी’ बाट पलिस्था प्रजापती विजयी भएकी छिन् । तेस्रो स्थानमा ग्रुप ‘ए’ बाट खुसी शाही र ग्रुप ‘बी’ बाट एजेन गूरुङ विजयी भएका छन । प्रतियोगितामा सहभागीलाई विभिन्न शिर्षकमा उपाधी दिइएको थियो ।

विजेताहरुलाई युवा नेता तथा समाजसेवी जगत बहादुर गूरुङले ताज पहिर्याएका थिए । त्यस्तै कार्यक्रममा विशिष्ट अतिथी हिमालयन कलेजका प्रिन्सिपल रामहरी सिलवालले प्रमाणपत्र दिएका थिए । प्रथम हुनेलाई नगद १५ हजार, ट्रफी, प्रमाणपत्र दास्रो हुनेलाई नगद १० हजार, ट्रफी सहित प्रमाणपत्र, तृतीय हुनेलाई नगद ७ हजार ५ सय सहित ट्रफी र प्रमाणपत्र दिइएका थियो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथी गुरुङले बालबालिकाको बृहत्तर विकासका लागी किड्स आईकन कोशेढुङगा हुने बताएका थिए । उनले बालबालिका नै भविष्यका कर्णदार भएकाले सबैले उनिहरुमा लगानी गर्नुपर्ने बताएका थिए । कार्यक्रममा बरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी,विशिष्ट अतिथी सिलवाल लगायतले आफ्नो मन्तव्य राखेका थिए ।

कार्यक्रममा सनसाईन प्रोडक्सन हाउसका निर्देशक प्रमिला तामाङ सभापती रहेकी थिईन । कार्यक्रमका आयोजक नारायण लामा रहेका थिए भने पुरुषोतम मल्लिक प्रमुख निर्णायकको रुपमा रहेका थिए । कार्यक्रममा विभिन्न संस्थाहरुले प्रयोजन गरेका थियो । कार्यक्रम सञ्चालकको रुपमा सञ्चारकर्मी एम जी तामाङ रहेका थिए । उक्त कार्यक्रमका कोरियोग्राफर मोडल अफ दी वल्र्ड दिक्पाल कार्की रहेका थिए ।

२०७५ असोज १५ गते प्रकाशित

About The Author

अन्य समाचारहरु: