Sat. Jul 27th, 2024

नब गायक मणिशेखर गुरुङको मणि

shakher
काठमाडौँ  – नब गायक मणिशेखर गुरुङले आफनो पहिलो गीति एल्बम मणिलार्इ बजारमा ल्याएका छन् ।

शुक्रबार प्रज्ञाभवन कमलादीमा संगीतकार संघ नेपालको आयोजनामा गायक गुरुङको मणि लाइ बिमोचन गरिएको हो । ५ वोटा गीत रहेको मणि एल्बम मा खेमराज गुरुङ को एकल संगीत रहेको छ भने गीत भने चन्द्रा रानोहोछा, खेम गुरुङ र कुमार विवाहितले लेखेका हुन् । गायक तथा संगीतकार खेमराज गुरुङ ले आफ्नै नेपाली हिमालयन म्युजिक कम्पनी मार्फत अडियो बजार मा ल्याउन लाई सहयोग गरेका हुन भने जसको बजार ब्यबस्थापन को जिम्मा भने एसियन म्युजिकलाइ दिएको छ ।

एल्बममा समाबेश ५ वोटा गीतमध्ये शिर्ष गीत बासको लिङ्गे पिङको तयार पारिएको भिडियोलाइ सो कार्यक्रम मा प्रदर्शन समेत गरिएको थियो । जसमा अहिलेका व्यस्त एबम कुशल निर्देशक प्रशन्न पौडेलको निर्देशन , बिदुर पाण्डेको क्यामेरावोर्क रहेको छ भने टेकेन्द्र शाहको क्रिएशन उक्त भिडियोमा हेर्न सकिन्छ ।

About The Author

Loading...

अन्य समाचारहरु: